एजेन्सी–बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकुले २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएका छन् ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा बेल्जियमका स्ट्राइकार लुकाकुले एक टिभीसँगको अन्र्तवार्ताका क्रममा २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएको बताएका हुन् उनले २०२२ को कतार विश्वकपमा उपलब्ध नहुने बताएका छन् ।
‘युरोकपपछि मैले सन्यास लिने घोषणा गरेको छु । अहिले म २५ वर्षको छु । चारवर्षपछि कतारमा हुने विश्वकपमा म उपलब्ध हुनेछैन ।’ अर्न्तवार्तामा क्रममा लुकाकुले भने, ‘म सधै यही फर्ममा हुनेछैन । नयाँ युवा प्रतिभाहरुलाई पनि मौका दिनु पर्दछ । उनीहरु मेरो स्थान लिन लालयित छन् । म उनीहरुलाई रोक्न चाहन्न । जतिबेला उनीहरु मेरो स्थान लिन सक्षम हुनेछन् । त्यहिबेला मैले सन्यास लिने योजना बनाएको छु ।’
लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन् । उनले बेल्जियमको राष्ट्रिय टिमबाट ७५ खेलमा ४० गोल गर्न सफल भएका छन् । रसिया विश्वकपमा बेल्जियमलाई सेमिफाइनलसम्म पुर्याउन लुकाकुले उच्च प्रदर्शन गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४