मंगलबार, कात्तिक ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

उपेन्द्रसँग 'डिभोर्स' गर्न किन राजी भए बाबुराम?

उपेन्द्र र बाबुरामले तीन वर्ष एउटै पार्टीमा बिताए। भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच २०७६ वैशाख २३ गते पार्टी एकता भएको थियो।
 |  शुक्रबार, असार १७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी विभाजन हुने पक्का भएको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहमतिमै छुट्टिन तयार भएपछि जसपा विभाजन निश्चित बनेको हो। बिहीबार भएको छलफलपछि नेताद्वय आ-आफ्नो बाटो लाग्न तयार देखिएका छन्। 

triton college

उपेन्द्र र बाबुरामले तीन वर्ष एउटै पार्टीमा बिताए। भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच २०७६ वैशाख २३ गते पार्टी एकता भएको थियो। पार्टी एकता भएपछि यादवपछिको वरीयतामा थिए भट्टराई। समाजवादी पार्टी बनाएको एक वर्षमै खासगरी मधेश केन्द्रित राजनीतिमा नयाँ मोड आयो। मधेशको राजनीतिलाई नयाँ मोड दिने काम भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि झस्किएका सबै मधेश केन्द्रित दलहरुबीच २०७७ वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति भएको थियो। र त्यही सहमतिले जन्माएको दल हो- जनता समाजवादी पार्टी (जसपा)। जसपाको जन्म तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणले गराएको थियो।

तर जसपाको २ वर्षे जीवन त्यति स्वस्थकर भने रहेन। जसपाबाट यसअघि नै पूर्वराजपा समूह छुट्टिसकेको छ। २०७८ भदौमा जसपाले पहिलो विभाजन खेपिसकेको छ। महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरिसकेका छन्।  

अब जसपाले अर्को विभाजन खेप्दैछ र त्यसको नेतृत्व भट्टराईले गर्दैछन्। खासगरी पछिल्लो केही महिनायता जसपामा बढ्दै गएको विवादको परिणामले विभाजनको दिशा तय गरिदिएको छ। भट्टराई समूह केही महिनायता यादवको कार्यशैलीप्रति सन्तुष्ट थिएन। गत फागुनमै जसपाको विवाद चर्किएको थियो। तर यादव लचिलो भएपछि विभाजन टरेको थियो। पार्टीको नियमित बैठक बस्न छाडेको, हरेक निर्णयमा यादव हावी हुने गरेको र एकलौटी अध्यक्ष बन्न खोजेको भन्दै भट्टराई समूह असन्तुष्ट थियो। पार्टी एकिकरणपछि बनेको विधानमा दुई अध्यक्षको परिकल्पना गरिएको थियो। तर यादवले विधानको व्यवस्थालाई नजरअन्दाज गरेको आरोप लगाउँदै आएको थियो। 

उपेन्द्र र बाबुरामले तीन वर्ष एउटै पार्टीमा बिताए। भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच २०७६ वैशाख २३ गते पार्टी एकता भएको थियो।

निर्वाचनअघि चर्किएको विवाद साम्य पार्न असार १ गते विधान अधिवेशन गर्ने गरी मिति तय गरिएको थियो। तर, यादवले अन्तिम समयमा विधान महाधिवेशन  स्थगित भएको सूचना निकालिदिए। जसका कारण भट्टराई पक्ष थप आक्रोशित बनेको थियो। 

Metro Mart
vianet

जसपाको अन्तरिम विधान अनुसार दुईजना अध्यक्ष रहने प्रावधान छ। तर, एकजना अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन गरिसकेका छन्। उनले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन्। जसपाबाट ठाकुरको बहिर्गमनपछि यादव मात्रै पार्टीको अध्यक्ष छन्। सोही कारण भट्टराई पक्षले दुई जना अध्यक्ष हुनुपर्ने माग राख्दै आएको थियो। तर, यादवले भट्टराई समूहको असन्तुष्टिलाई सुनेको नसुन्यै गरिदिए। यादवले पार्टीलाई एकल अध्यक्षात्मक प्रणाली चलाउने प्रयास गरिरहे। चुनावअघि पार्टीमा एक अध्यक्ष रहने कि दुईजना भन्ने विवाद मिलाउनका लागि विधान अधिवेशन बोलाउने सहमति जुटेको थियो। विधान अधिवेशनले पार्टीमा कि दुई अध्यक्ष नै रहने टुंगो लगाउने थियो कि त विधान संशोधन हुने थियो। तर, यादवले विधान अधिवेशन टारिदिएको आरोप भट्टराई समूहले लगाउँदै अएको छ। 

त्यसो त गत फागुनमा बसेको जसपा केन्द्रीय कार्यकारिणी बैठकले यादव, भट्टराई र नेता अशोक राई रहेको स्टेरिङ समिति बनाउने निर्णय गरेको थियो। तर, यादवमाथि स्टेरिङ कमिटीलाई बेवास्ता गरेको आरोप लागिरहेको छ। भट्टराई पक्षले स्टेरिङ समितिलाई बेवास्ता गरेर यादवले आफूखुसी स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गरेको आरोप समेत लगाइरहेको छ। 

यिनै विवादको भूमरीमा फसेको जसपाले फेरि एकपटक विभाजनको बाटो समाएको छ। बिहीबार यादव  र  भट्टराईबीच अलग हुने सहमति जुटेपछि यादवले केन्द्रीय समितिको बैठक बोलाइसकेका छन्। असार २७ र २८ गते वीरगञ्जमा बैठक बस्नेछ। स्रोतका अनुसार भट्टराई समूहले पनि छुट्टै बैठक बोलाउने तयारी गरेको छ।  

त्यसो त भट्टराईले यादवसँगको छलफलपछि बिहीबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा दुई नेताबीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

विभाजनबारे के भन्छन् भट्टराई र  यादव? 

यादवसँग 'डिभोर्स' गर्न तयार भएका भट्टराई भने पार्टीभित्रको बहसलाई व्यक्तित्वको टकरावका रुपमा प्रस्तुत गरिएकोमा गुनासो गर्छन्। पार्टीभित्र व्यक्तित्वको टक्कर नभएर मुद्दामा बहस भएको भट्टराईको जिकिर छ। खासगरी जसपा क्षेत्रीय कि राष्ट्रिय पार्टी, एकल नेतृत्व कि समावेशी सामूहिक नेतृत्व भन्ने बहस चलिरहेको उनको भनाइ छ। अझ उनले बहसलाई फुटको रुपमा बुझ्न नहुने बताएका छन्।

उनले भनेका छन्, 'पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रुपमा प्रस्तुत गर्नु ठिक हैन! जसपाभित्रको बहसका मुद्दा यी हुन्: क्षेत्रीय कि राष्ट्रिय पार्टी? सनातनी सत्तामुखी राजनीति कि रुपान्तरणकारी राजनीति? एकल नेतृत्व कि समावेशी सामुहिक नेतृत्व?' विधिसंगत कि स्वेच्छाचारी कार्यशैली? बहस नै फुट हैन!'

तर यादवले भने पार्टी विभाजन भन्न नहुने बताएका छन्। उनले घुमाउरो भाषामा भट्टराईले छाड्ने कुरालाई विभाजन भन्न नहुने बताएका हुन्। उनले पार्टीमा आउनेलाई स्वागत गरिने र जानेलाई बिदा गरिने टिप्पणी गरेका छन्। ‘आउनेलाई स्वागत गर्ने र जानेलाई शुभकामना सहित बिदा गर्ने हो। राजनीति यस्तै हो। विभाजन कसरी भन्ने त्यस्तो केही पनि छैन,’ यादवले भनेका छन्।

माओवादी छाडेपछि सुखद् बनेनन बाबुरामको राजनीतिक यात्रा

नेकपा माओवादी केन्द्र छाडेपछि बाबुरामको राजनीतिक यात्रा सुखद् देखिँदैन। उनी राजनीतिक रुपमा अस्थिर नेताका रुपमा परिचित हुन थालेका छन्। २०७२ असोजपछि उनको राजनीतिक यात्रा हेर्ने हो भने उनले असफलताको बाटोमा हिँडेको देखिन्छ। माओवादीबाट १० वर्ष युद्ध लडेका र सोही पार्टीबाट अर्थमन्त्री हुँदै प्रधानमन्त्री समेत बनेका भट्टराईले २०७२ असोज ९ गते माओवादी परित्याग गरेका थिए। माओवादी छाडेलगत्तै उनी नयाँ पार्टी बनाउने कसरतमा जुटे।

फलस्वरुप २०७३ असोज ३० गते उनले दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए। तर नयाँ शक्ति पार्टी सञचालनमा उनी असफल देखिए। २०७४ सालमा भएका तीन तहका निर्वाचनमा उनी नेतृत्वको पार्टीले अपेक्षाकृत नतिजा ल्याउन सफल भएन। जसका कारण भट्टराई नयाँ शक्ति पार्टीबाट आगामी राजनीतिक यात्रा अघि बढाउन नसकिने निष्कर्षमा पुगेका थिए। जसका कारण उनले नयाँ शक्तिलाई तत्कालीन संघीय समाजवादी फोरमसँग विलय गराए। २०७६ वैशाख २३ गते दुई पार्टीबीच एकता भएको थियो। 

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएको एक वर्षमै मधेश केन्द्रित सबै दलबीच एकता भयो। २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भयो र बन्यो- जनता समाजवादी पार्टी। जसपामा पनि उनको राजनीतिक यात्रा सुखद् रहेन। त्यसो त जसपा २०७८ भदौमा विभाजन भयो। जसपामा विभाजन भएर लोसपा बनेलगत्तै भट्टराईको यादवसँग टकराव सुरु भयो। त्यही टकरावका कारण भट्टराईका सामु यादवसँग डिभोर्स गर्ने अवस्था निम्त्याइदिएको छ। जसपाबाट उनको बहिर्गमन कसरी हुन्छ र आगामी राजनीतिक यात्रा कस्तो हुनेछ ? जवाफ समयक्रमले दिनेछ। 

प्रकाशित: Jul 01, 2022| 14:19 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...