बिहीबार, चैत १२, २०८२

युरोपा लिगमा पिटरसबर्गको कीर्तिमानी जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-जेनिथ सेन्ट पिटरसबर्गले युरोपा लिगमा डिनामो मिन्स्कमाथि कीर्तिमानी जित निकाल्दै उत्कृष्ट पूनरागमन गरेको छ । समग्रमा पिटरसबर्गले ८-५ को जित निकाल्दै ३३ वर्ष पुरानो कीर्तिमान तोडेको हो । 

पहिलो लेगमा ४-० ले पछि परेको पिटर्सवर्गले दोस्रो लेगमा ८-१ को सानदार जित निकाल्यको थियो । पहिलो लेगमा चार गोलले पछि परेको अवस्थामा दोस्रो लेगमा उत्रिएको पिटरसबर्गले गोलको वर्षा नै गर्‍यो । पहिलो हाफमा १-० गोलले अघि रहेको पिटरसबर्गले दोस्रो हाफ र थप गरिएको अतिरिक्त समयमा ७ गोल गर्न सफल भयो ।  

पिटरसबर्गले खेलको २२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा १-० गोलको अग्रता बनाएको थियो । पिटरसबर्गका लागि आर्टिम ज्युबाले ह्याट्रिक गोल गरे । उनले खेलको ७५, ७८ र ११५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै, पिटरसबर्गले ६६ र १०९ औं मिनेटमा गोल गरेका थिए भने थप गरिएको अतिरिक्त समयको अन्तिम समयमा २ गोल गर्न सफल भएको थियो । यता, डिनामोले भने खेलको ९९औं मिनेटमा एक गोल मात्र फर्काउन सफल भएको थियो । 

३३ वर्षअघि १९८५ को युइएफए कपमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बोरुसिय मोन्चेगालबाचसाग ५-१ ले पछि परेको अवस्था उल्ट्याएर दोस्रो चरणमा प्रवेश गरेको थियो । रियल अवे गोलको आधारमा अघि बढेको थियो । जेनिथ ७२ औं मिनेटमा तथा मिन्स्क अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । जेनिथले अब मोल्डेसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।