मंगलबार, चैत ३, २०८२

स्वास्थ्यमन्त्रीको स्वीकारोक्ति : गाउँमा डाक्टर पठाउन सकिएन

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन्।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन्। 

National life

बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन्। देशका विभिन्न जिल्लाहरुबाट दरबन्दी खाली रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरेपनि स्वास्थ्यकर्मीहरु जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए। 

स्वास्थ्यकर्मीहरुले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्छ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको उनको भनाइ छ। अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको बताए। 

‘स्वास्थ्यमन्त्री भएको दुई दिन मात्र भएको छ। यो दुई दिनको अवधिमा धेरै मान्छे जिल्लाहरुबाट डाक्टर पठाइदिनुपर्‍यो दरबन्दी यति छ भनेर आउनुभएको छ,' मन्त्री खापुङले भने, 'नर्स पठाइदिनुपर्‍यो दरबन्दी यति छ, भनेर आउनुभएको छ। कोही जान तयार हुनुहुन्न। हामी गाउँ क्षेत्रमा त डाक्टर पठाउनै सक्दैनौँ। नर्स पठाउन सक्दैनौँ।' तर सरकारले खटाएको ठाउँमा कर्मचारीहरू जानुपर्ने उनको भनाइ छ।

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरुको जुनकुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृतिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गरे। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 30, 2022| 16:23 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्