शुक्रबार, पुस १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

डाक्टर्स अन कल : घरमै स्वास्थ्योपचारको बन्दोबस्ती

२० लाखको लागतमा सुरु भएको डाक्टर्स अन कलले स्थापनाको ४ वर्षमा ५० हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराइसकेको छ।
 |  बिहीबार, असार १६, २०७९
nespernesper

सृजना राई

सृजना राई

बिहीबार, असार १६, २०७९

ntc landingntc landing

काठमाडौं– सन् २०१७ तिरको कुरा हो, ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा बिरामीको उपचारमा रमाइरहेका थिए, डा. सुयश कार्की। 

himalayan bank box

डा. कार्कीलाई यकिन समय भने याद छैन। तर चिनजानका मारवाडी व्यवसायीले गरेको आग्रह उनले कहिल्यै भुल्दैनन्, ‘घरमा वृद्ध बुबाआमा हुनुहुन्छ। उहाँहरूलाई अस्पतालसम्म ल्याउन ग्राहो हुने भयो । कृपया घरमै आएर उपचार गरिदिनुस् न!’

ज्ञानेश्वर बस्ने मारवाडी समुदायका व्यवसायीले डा.सुयश र उनका सहकर्मी डाक्टरलाई घरमै उपचारका लागि आउन पटक–पटक आग्रह गर्थे। 

‘उहाँहरूका वृद्ध आमाबुबा बिरामी हुँदा हामीलाई चिनजानका आधारमा घरमै आएर उपचार गरिदिन आग्रह गर्नुहुन्थ्यो,’ उनले भने। तर डा.सुयश र सहकर्मी डाक्टरहरूलाई व्यावसायिक  मर्यादाले त्यसो गर्न दिँदैनथ्यो । 

‘एउटा संस्थामा आबद्ध भएर काम गर्दा चिनजानका आधारमा बिरामीको घर पुगेर उपचार गर्न शुल्क लिन मिल्दैन । उहाँहरूको आग्रहलाई अस्वीकार गर्नुबाहेक विकल्प हुँदैनथ्यो,’ डा. कार्की भन्छन्।

vianet
ज्ञानेश्वर बस्ने मारवाडी समुदायका व्यवसायीले डा.सुयश र उनका सहकर्मी डाक्टरलाई घरमै उपचारका लागि आउन पटक–पटक आग्रह गर्थे। 

डा. कार्कीले आफनो परिवारभित्रै पनि ज्येष्ठ सदस्य बिरामी हुँदा उपचारका लागि भोग्नुपरेका समस्यासँग साक्षात्कार थिए। अस्पतालसम्म आइपुग्न समस्या हुने बिरामीलाई के गर्ने? पेसागत धर्म हेर्ने कि व्यावसायिक मर्यादा?

यी प्रश्नले डा. कार्की, डा.सुमन न्यौपाने र मोहन भण्डारी धेरै बेर अल्मलिएनन्। बरु छलफलमा जुटे। छलफलकै क्रममा योजना बन्यो–केही फरक गर्ने।  तीन डाक्टरहरूले निष्कर्ष निकाले, होम हेल्थ सर्भिस खोल्ने।   

‘डा.सुमन क्रियटिभ हुनुहुन्छ। कम्पनी खोल्ने भनेपछि उहाँले नाम जुराइहाल्नुभयो, ‘डाक्टर्स अन कल’। २०१७ को अन्त्यतिर बनेको योजना २०१८ को सुरुबाटै श्रीगणेश भयो। 

२० लाखको लागतमा सुरु भएको डाक्टर्स अन कलले स्थापनाको ४ वर्ष पूरा हुँदै गर्दा ५० हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराइसकेको छ। संस्थामा ५० बढी नर्स र २५ जना डाक्टर आबद्ध छन्। 

‘हामी अस्पतालको ओपिडी सेवा घर पुगेरै दिन्छौं। ल्याब टेस्ट, फिजियोथेरापी र नर्सको सेवा बिरामीको आवश्यकताअनुसार घरमै उपचार हुन्छ,’ डा.कार्कीले भने। नर्सिङ सेवाबापत दिनको १५ सय शुल्क लिने गरेको उनी बताउँछन्।

‘अस्पतालमा उपचारपछि घर फर्किंदा बिरामीको सबै हेरविचार वा स्याहार गर्न परिवारले मात्र सक्नुहुन्न। जस्तै, एउटा सुत्केरी महिला, जसको सर्जरी भएको छ,  उहाँको घाउ सफा गर्न, आमा र बच्चाको हेरचाह गर्नेदेखि औषधीलगायतका काममा नर्सिङ सेवा दिन्छौं,’ उनले बेलीविस्तार लगाए। 

२० लाखको लागतमा सुरु भएको डाक्टर्स अन कलले स्थापनाको ४ वर्षमा ५० हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराइसकेको छ। 

संस्था संस्थापक डा.कार्कीले अहिले आफ्नो तन, मन र धन यसैमा खर्चिएका छन्। ‘म प्यासोनेट छु। अनुशासित पनि। साथीभाइहरू तेरो आफ्नै व्यवसाय हो। कहिले नगए पनि हुन्छ भन्छन् तर अफिसमा सबैभन्दा छिट्टो पुग्ने र ढिलो निस्कने मै हुँ,’ उनले भने।

कुनै बेला सामान्य छलफलबाट सुरु भएको योजनाले स्टार्टअपको यात्रासम्म जोडिएका छन्, डा. कार्की । अहिले यसैलाई आफ्नो सपना बनाएका डा.कार्की भन्छन्, ‘केही फरक गर्न सोचमा संस्था सुरु गरेका थियौं। यति टाढासम्म सोचेका भने थिएनौं।’

कोरोना महामारीका कारण धेरै व्यवसाय धराशयी भए। महामारीको दोस्रो लहरमा डाक्टर्स अन कलले फैलिने अवसर पायो। डा. कार्की भन्छन्, ‘महामारीको पहिलो लहरमा हामीले सीमित सेवा दियौं। दोस्रो लहरसम्म आइपुग्दा पहिलो लहरको अनुभवका आधारमा सेवाग्राहीलाई सेवा दियौं। तेस्रो लहरसम्म आइपुग्दा हाम्रो जनशक्तिले नै भ्याएन, सबैलाई सेवा दिन।’

 स्टार्टअपको सुरुआती दिनमा घाटामा जानु परे पनि लागानीको प्रतिफल पाउन धैर्य भए, उनी। प्रतिफलका मामिलामा अहिले पनि धैर्य छन्। यद्यपि व्यवसायको विकासमा उनी धैर्य बस्न रुचाउँदैनन्। 

स्टार्टअपका लागि उनले हालै साढे २ करोड रकमको लगानी पाएका छन्। लगानी बढ्दै गएपछि उनले व्यवसायलाई अझ बढी विस्तार गर्न चाहेको बताउँछन्। 

‘डाक्टर्स अन कल हेल्थटेकको रूपमा विकास गर्दै छौं। घरमै बसेर डाक्टरसँग कुराकानी, औषधी, मेडिकल सर्जिकल उपकरणलगायत सबै सर्भिस वान स्टप सोलुसन हुनेछ,’ डा. कार्कीले आगामी योजना सुनाए।

कोरोना महामारीका कारण धेरै व्यवसाय धराशयी भए। महामारीको दोस्रो लहरमा डाक्टर्स अन कलले फैलिने अवसर पायो।

नागरिक सामान्य उपचारका लागि दुर्गमबाट काठमाडौं आउन बाध्य छन्। अर्कातर्फ वैदेशिक रोजगारमा जाने नेपालीले विदेशी भूमिमा उपचार पाउन धेरै समस्या छ। डा.कार्की कम शुल्कमा कम समय भिडियोको माध्यमबाटै उपचार सेवा दिइने बताउँछन्। 

‘इलेक्ट्रोनिक मेडिकल रिपोर्टको तयारी गरिरहेका छौं। बिरामीले सबै रिपोर्ट बोक्न पर्दैन र सुरुदेखि सबै परीक्षण गर्नुपर्ने झन्झट कम हुन्छ,’ उनले भने।

पाल्पामा जन्मिएका कार्कीको परिवारका अधिकांश सदस्य स्वास्थ्य क्षेत्रमा आबद्ध छन्। आफू डाक्टर बन्नुमा परिवारको दबाब कम प्रभाव ज्यादा भएको ठान्छन्, डा. कार्की। चार वर्ष निजी अस्पतालमा काम गरेका डा.कार्की अहिले आफ्नै व्यवसाय हाँकिरहेका छन्। 

‘बिजनेसमा चौतर्फी ज्ञान नभए सफल हुन सम्भव छैन। डाक्टरी पेसाबाट बिजनेसतर्फ मोडिँदा त्यो अवश्य सहज  भएन,’ उनले भने।

सफल स्टार्टअपबाट स्थापित व्यवसायीसम्मको यात्रामा हिँडिरहेका उनलाई डर छ, आफ्नो व्यावसायिक दायित्वलाई अगाडि बढाउँदाका अप्ठेरा कसरी व्यवस्थित गर्ने। ‘स्वास्थ्य क्षेत्रमा पैसा कमाउन मात्र यो व्यवसाय सुरु गरेको होइन। पैसा नै कमाउन विदेशमा डाक्टरलाई धेरै अवसर छन्’, डा.कार्की भन्छन्, ‘यो मेरो करियर मात्र होइन, समाजसँग जोडिएको मेरो दायित्वलाई व्यावसायिक रूपमा वहन गर्न चाहन्छु। स्वास्थ्य क्षेत्रमा प्रविधि प्रयोग र जनताको घरदैलोमा सुलभ स्वास्थ्य सेवा पुर्याउन चाहन्छु।’ 

प्रकाशित: Jun 30, 2022| 18:42 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्