शुक्रबार, असोज ३०, २०८३

'प्रसाद-२' मा निर्माता भएर प्रवेश गरे पाण्डे, बिहीबार औपचारिक घोषणा

मनोरञ्जन क्षेत्रबाट समाजमा योगदानका साथै मौलिक कला-संस्कृति संवर्द्धन गर्न सकिने भएकाले आफू फिल्मतर्फ आकर्षित भएको पाण्डेले बताए।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं- स्वास्थ्य सामग्रीको व्यवसाय गर्दै आएका केशव पाण्डे फिल्म निर्माणमा प्रवेश गर्ने भएका छन्। फिल्म 'प्रसाद-२'को निर्माताका रूपमा पाण्डे फिल्मी बजारमा भित्रिएका हुन्।

पाण्डेलाई सुभाष थापाले निर्माणमा साथ दिनेछन्। सुभाष थापा प्रोडक्सनबाट फिल्म निर्माण हुन लागेको हो। पाण्डे पहिलो पटक फिल्म निर्माणमा आउन लागेका हुन्। मनोरञ्जन क्षेत्रबाट समाजमा योगदानका साथै मौलिक कला-संस्कृति संवर्द्धन गर्न सकिने भएकाले आफू फिल्मतर्फ आकर्षित भएको पाण्डेले बताए। 

बिहीबार फिल्मको ‌औपचारिक घोषणा गर्ने तय भएको छ। फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा हुनेछन्। सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्मको कथामा सुशील पौडेलको लेखन हुनेछ। पहिलो फिल्म 'प्रसाद'ले राम्रो व्यापार गरेपछि सोही टोलीले 'प्रसाद-२' को निर्माण गर्ने भएको हो।

प्रकाशित: Jun 29, 2022| 21:39 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।