मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नियम विपरीत सरुवा गरेको भन्दै महान्यायाधिवक्ताविरुद्ध सर्वोच्चमा उजुरी

नियम विपरीत सरुवा गरेको भन्दै महान्यायाधिवक्ताविरुद्ध सर्वोच्चमा उजुरी

ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले आफूलाई नियम विपरीत सरुवा गरेको भन्दै महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध उजरी दिएकी छन्। उनलाई असार २ गते ललितपुरबाट हेटौंडास्थित वाग्मती प्रदेशको न्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको थियो।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं- ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले आफूलाई नियम विपरीत सरुवा गरेको भन्दै महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध उजरी दिएकी छन्। उनलाई असार २ गते ललितपुरबाट हेटौंडास्थित वाग्मती प्रदेशको न्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको थियो। 

National life

 नाबालिका बलात्कार मुद्दामा कमजोर अभियोजनका लागि आफूले नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले नियम विपरीत सरुवा गरेको थोकरको आरोप छ। 

थोकरले दिएको असार ९ को निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। त्यसपछि सुनवाइ हुनुपर्ने माग गर्दै थोकरले पुन: निवदेन दिएकी थिइन्। मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजालसले आदेश दिएपछि थोकरले बुधबार मुद्दा दायर गरेकी हुन्। 

थोकरको उजुरीमा महान्यायाधिवक्ता खाती, उनको सचिवालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ। अदालतले थोकरको मुद्दाको सुनुवाइका लागि बिहीबारको समय तोकेको छ।

व्यापारी सुशील चटौतले घरमा काम गर्ने एक १३ वर्षे बालिकालाई ३ वर्षदेखि बलात्कार गर्दै आएको मुद्दामा अभियोजन कमजोर बनाउन महान्यायाधिवक्ताको सचिवालयमा कार्यरत दुई कर्मचारीले दबाब दिएको थोकरले बताउँदै आएकी छन्। बलात्कार मुद्दामा चटौत हिरासतमै छन्।

प्रकाशित: Jun 29, 2022| 19:45 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।