शनिबार, चैत ७, २०८२

त्रिवि शिक्षण अस्पातालले बिमा सेवालाई निरन्तरता दिने

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बिमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने जानकारी दिए। उनका अनुसार अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी सोधभर्ना अविलम्ब बोर्डले पठाउने भएपछि स्वास्थ्य बिमा सेवाले निरन्तरता पाउने  भएको छ। 

यसअघि अस्पतालले स्वास्थ्य बिमा बोर्डले बिमितको उपचारबापतको रकम उपलब्ध नगराएपछि आज असार १५ गतेदेखि बिमा कार्यक्रम स्थगित गर्ने जानकारी गराएको थियो।

प्रकाशित: Jun 29, 2022| 17:59 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्