मंगलबार, जेठ ५, २०८३

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

२८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ परेका हुन्। पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

बैतडी- बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्।  

National life

२८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ परेका हुन्। पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। 

पीडित महिलाको स्वास्थ्यपरीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ। आरोपित दुवै जनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पीडित महिला परिवारकै संरक्षणमा छिन्।

वडाध्यक्ष नेगी वैशाखमा भएको निर्वाचनमा एमालेबाट विजयी भएका थिए। 


प्रकाशित: Jun 29, 2022| 14:55 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।