आइतबार, मंसिर २८, २०८२

बिपी प्रतिष्ठानमा असार २० देखि स्वास्थ्य बिमा सेवा रोकिने

प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै गर्दै बोर्डले दाबी रकमको भुक्तानी नगरे असार २० गतेबाट बिमा मार्फत बिरामीको उपचार नगर्ने जनाएको हो।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं- धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा अन्तर्गत उपचार सेवा दिए बापत दाबी गरे अनुसारको रकम उपलब्ध नभएको भन्दै असार २० गतेबाट बिमा कार्यक्रम स्थगित गर्ने भएको छ। 

National life

प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै गर्दै बोर्डले दाबी रकमको भुक्तानी नगरे असार २० गतेबाट बिमा मार्फत बिरामीको उपचार नगर्ने जनाएको हो।

२०७४ साउनदेखि स्वास्थ्य बिमा लागु गरेको प्रतिष्ठानले दाबी गरेको शोधभर्नालाई बोर्डले सहजीकरण नगरी एकतर्फी रुपमा विविध सर्त र बन्देजहरू लगाई दाबीहरूलाई कम मूल्यांकन गरी स्वास्थ्य बिमा बोर्डले रद्द गरेको प्रतिष्ठानले आरोप लागाएको छ। 

प्रतिष्ठानले दाबी गरेको रकमलाई बोर्डले रद्द गरेको प्रतिष्ठानको आरोप छ। दाबी गरेको रकमका लागि सहजीकरणको लागि विभिन्न समयमा बोर्ड लगायत अन्य सरोकारवाललाई पटक पटक लिखित रुपमै आग्रह गर्दा पनि समस्याको समाधान नभएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jun 29, 2022| 13:40 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्