शुक्रबार, जेठ १, २०८३

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम नरोकिने

स्वास्थ्य बिमा बापत अस्पतालले दाबी गरेको रकम स्वास्थ्य बिमा बोर्डले शोधभर्ना पठाउने भएपछि कार्यक्रमलाई निरन्तरता दिन लागेको अस्पतालले जनाएको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

National life

काठमाडौं- त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्वास्थ्य बिमा बापत अस्पतालले दाबी गरेको रकम स्वास्थ्य बिमा बोर्डले शोधभर्ना पठाउने भएपछि कार्यक्रमलाई निरन्तरता दिन लागेको अस्पतालले जनाएको छ। 

यस अधि बिमा बापतको रकम नपाएको भन्दै अस्पतालले असार १५ देखी स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने जनाएको थियो। अस्पतालले गत असार ३ गते एक विज्ञप्ति जारि गर्दै बिमा बापतको रकम नपाएमा असार १५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार बिमा बोर्डले शोधभर्ना गर्ने पत्र पठाएसँगै बिमा कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

प्रकाशित: Jun 29, 2022| 13:13 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्