काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा आज २ हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ। १२ हजार ३७८ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ।
यस्तै यो अवधिमा २०२९ जना संक्रमणमुक्त भएका छन्। तथ्यांकअनुसार नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ।
कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।