बिहीबार, चैत १२, २०८२

नेपाल भारतसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाल भुटानमा जारी साफ यू-१५ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। 

बिहिबार भएको सेमिफाइनलमा भारतसँग २-१ गोलले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भारतका लागि ल्याण्डा कोम र क्रिटिना देवीले समान १–१ गोल गरिन् । त्यस्तै नेपालकी रजनी थोकरले एक गोल फर्काइन्। 

पहिलो हाफको ३१ औं मिनेटमा कोमले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाईन्। खेलको ३७ औं मिनेटमा नेपालकी रजनीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याईन्। तर, खेलको ७५ औं मिनेटमा क्रिटिनाले गोल गर्दै भारतलाई २-१ को जित दिलाईन्। 

जितसंगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतले अब फाइनलमा भुटान र बंगलादेशबीचको बिजेतासंग खेल्ने छ। समूह बी मा रहेको नेपाल समूह उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको  थियो ।  भारत समूह ए को बिजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

यसअघि नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ४-० ले हराएको थियो। तर, नेपाल दोस्रो खेलमा बंगलादेशसंग ३-० ले पराजित भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।