सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

चितवन- चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौंको चन्द्रागिरि  नगरपालिका पहिलो भएको छ। चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो। 

प्रतियोगितामा नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ। गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए।

यस्तै २३ पदकसहित  भरतपुर महानगरपालिका तेस्रो भएको छ। भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको छ। प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना पुरस्कार हासिल गरेको छ। माडीले दुई स्वर्ण, चार रजत र दुई कास्य प्राप्त गरेको थियो। 

प्रतियोगितामा महिलातर्फ पर्वतको पैयुँ गाउँपालिकाकी प्रतिका थापा र पुरुषतर्फ काठमाडौंको चन्द्रागिरिका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा सातवटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए। प्रतियोगिता दुई दिनसम्म सञ्चालन भएको थियो।    -रासस

प्रकाशित: Jun 29, 2022| 08:08 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।