आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

परीक्षाको सम्मुखमा पाठ्यपुस्तक अभाव, व्यवसायीद्वारा आन्दोलनको चेतावनी

मागबमोजिम पाठ्यपुस्तक नआएपछि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएको छ।
 |  मंगलबार, असार १४, २०७९
nespernesper

निशा श्रेष्ठ

निशा श्रेष्ठ

मंगलबार, असार १४, २०७९

triton college
Metro Mart
vianet
भरतपुर- दुई दिनअघि नवलपुरको गैंडाकोटस्थित शुभलाभ पुस्तक पसलका सञ्चालक बुद्धिसागर गैरेलाई विद्यालयको पाठ्यपुस्तक किन्न आएका एक ग्राहकले नमिठो वचन लगाए।

८ कक्षा पढ्ने छोरीका लागि किताब लिन आएका ती अभिभावक शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको रोष प्रकट गर्दै गैरेमाथि खनिए। जनक शिक्षा साम्रगी केन्द्रले  प्रकाशित गर्ने कक्षा ६ र ८ को किताब अभाव भएपछि बुद्धिसागरले पटकपटक अभिभावक र विद्यार्थीको यस्ता आक्रोस सुन्दै र भोग्दै आएका छन्।

'अहिलेको हाम्रो समस्या भनेको जनक शिक्षाबाट जति चाहिने हो, त्यति किताब आएको छैन। किताब नआउँदा अभिभावकले हामीले नै किताब लुकाएजसरी गाली गर्नुहुन्छ,' जनक शिक्षा साम्रगी वितरण केन्द्र चितवन भरतपुरमा भेटिएका उनले भने,  'सरकारले समयमै किताब छापेर नपठाउँदा विद्यार्थीलाई त घाटा छ नै, हामीमाथि नै आक्रमण हुने हो कि डरलाग्दो भइसक्यो। अब जतिसक्दो छिटो किताब उपलब्ध होस् भनेर माग गर्न आएका हौं।' तत्काललाई ६ र ८ कक्षाको अंग्रेजी र  नेपाली अभाव रहेको गैरे बताउँछन्।

कृष्णगण्डकी मावि गैंडाकोट–५ का प्रधानाध्यापक सूर्यनाथ तिवारी पनि पाठ्यपुस्तक समयमै हात नपर्दा शिक्षण सिकाइ नै प्रभावित बनेको बताउँछन्। कक्षा ६ र ८ को स्वास्थ्य ,नेपाली र अंग्रेजी एक जना विद्यार्थीको हातमा पनि नपरेको दुखेसो तिवारी पोख्छन्।

यस्तै, अर्का गोर्खालीले पुस्तक पसल टाँडीका नारायण रेग्मीले परीक्षा आउने बेला भइसके पनि जनक शिक्षाले किताब उपलब्ध गराउन नसकेको दुखेसो पोखे। '१५ दिनपछि परीक्षा आउँदै छ। किताब लिन भनेर आउनुहुन्छ, हामीले के उत्तर दिने?' अहिले सात वटा किताबमध्ये तीन वटा किताब पाएकै छैनन्। म व्यवसायी मात्रै नभएर अभिभावक पनि हो। किताब छुनै पाएको छैन। विद्यार्थीले कसरी परीक्षा दिने?' उनले आक्रोस पोख्दै भने।
'सरकारले समयमै किताब छापेर नपठाउँदा विद्यार्थीलाई त घाटा छ नै, हामीमाथि नै आक्रमण हुने हो कि डरलाग्दो भइसक्यो। अब जतिसक्दो छिटो किताब उपलब्ध होस भनेर माग गर्न आएका हौं।' 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवनका निवर्तमान अध्यक्ष राजेन्द्र तिवारीले जनक शिक्षाले उत्पादन गर्ने ४ देखि १० सम्मकै पाठ्यपुस्तकको अभाव रहेको बताउँछन्। 'विद्यार्थीको पढ्ने र शिक्षकको पढाउने अधिकारमाथि खेलवाड भइराखेको छ। जनक शिक्षाले हालसम्म ६० प्रतिशत मात्रै किताब छापेको छ। किन यस्तो भइराखेको छ, जवाफ दिनुपर्छ' उनले भने, 'अबका दिनमा अपुग पाठ्यपुस्तक छापेर हरेक विद्यार्थीको हातहातमा पुर्‍याउन ध्यानाकर्षण गराएका छौं,' उनले भने।

कृष्णगण्डकी मावि गैंडाकोट–५ का प्रधानाध्यापक सूर्यनाथ तिवारी पनि पाठ्यपुस्तक समयमै हात नपर्दा शिक्षण सिकाइ नै प्रभावित बनेको बताउँछन्। कक्षा ६ र ८ को स्वास्थ्य ,नेपाली र अंग्रेजी एक जना विद्यार्थीको हातमा पनि नपरेको दुखेसो तिवारी पोख्छन्।

'गैंडाकोट चितवनका पुस्तकपसल चहार्‍यौं। जनक शिक्षा साम्रगी भरतपुरमा पनि पुग्यौ। किताब नै आएको छैन भन्नुहुन्छ। पहिलो त्रैमासिक परीक्षा आइसक्यो विद्यार्थीको हातमा किताब छैन,' उनले भने। जनक शिक्षा साम्रगी केन्द्रको क्षेत्रीय कार्यालय प्रमुख विनयराम श्रेष्ठले ६ जिल्ला चितवन, नवलपुर, मकवापुर, बारा पर्सा रौतहट मा आफूले पुस्तक पठाउने जिम्मा पाए पनि मागबमोजिम पठाउन नसकिएको स्वीकार्छन्। 'यो साल ६ र ८ का किताब चाहेजति उत्पादन नभएकाले व्यवसायी र विद्यालयले मागेजति वितरण गर्न सकेका छैनौं। अन्य पुस्तकको हकमा ४, ७,९ र १० को किताब पर्याप्त गइसकेको छ,' उनले भने।

६ र ८ को पुस्तक केही दिनमा आउने उनले आश्वासन दिए। 'किताब उत्पादनका लागि कागज समयमा खरिद गर्न नसक्दा पाठ्यपुस्तक उत्पादनमा अवरोध भएको हो। ६ र ८ को पुस्तक १९ गतेभित्र आइपुग्छ अनि हामी वितरण गर्छौ,' उनले भने। 

आन्दोलनको चेतावनी 
मागबमोजिम पाठ्यपुस्तक नआएपछि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएको छ।


जनक शिक्षा साम्रगीद्वारा प्रकाशित हुँदै आएका ४ देखि १० सम्मका पाठ्यपुस्तक पर्याप्त मात्रामा नआउँदा विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै आक्रोस व्यक्त गरिएको छ।

जनक शिक्षा साम्रगीद्वारा प्रकाशित हुँदै आएका ४ देखि १० सम्मका पाठ्यपुस्तक पर्याप्त मात्रामा नआउँदा विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै आक्रोस व्यक्त गरिएको छ।
मंगलबार जनक शिक्षा साम्रगी केन्द्रका क्षेत्रीय कार्यालय प्रमुख विनयराम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन्। महासंघले क्षेत्रीय कार्यालय प्रमुख श्रेष्ठलाई बुझाएको ज्ञापनमा ६० प्रतिशत पाठ्यपुस्तक पूर्ति भए पनि अझै ४० प्रतिशत किताब अभाव रहेको बताइएको छ।
 
जनक शिक्षा साम्रगीद्वारा प्रकाशित हुँदै आएका ४ देखि १० सम्मका पाठ्यपुस्तक पर्याप्त मात्रामा नआउँदा विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै आक्रोस व्यक्त गरिएको छ।

'आज नेपालभरिका नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा आवद्ध १६००० व्यवसायीले हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउँदैआइरहेको सर्वविदितै छ,' विज्ञप्तिमा भनिएको छ, 'विद्यार्थी तथा अभिभावकले हाम्रा व्यवसायीको पसल पसलमा गएर धर्ना दिएर, विभिन्न गालीगलौच तथा असभ्य व्यवहार प्रकट गरेर व्यवसायीहको व्यवसायमाथि नै धावा बोल्ने काम भएको छ।

त्यसैले यी सम्पूर्ण कुरालाई मध्यनजर गर्दे आजका मितिले ७ दिनभित्रमा नपुगेका पाठ्यपुस्तक पूरा गरिदिनको लागि  अनुरोध गर्दछौं।' महासंघले ७ दिनभित्र माग पूरा नगरेमा जुनसुकै आन्दोलन गर्नसमेत पछि नपर्ने चेतावनी दिएको छ। 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघचितवनकाका अध्यक्ष उद्योगविक्रम बानियाँ, केन्द्रीय उपाध्यक्ष किरण खनाल, जिल्ला सचिव महेन्द्र कोइरालालगायतका महासंघका प्रतिनिधिले जनक शिक्षा साम्रगी भरतपुरका प्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए।
प्रकाशित: Jun 28, 2022| 12:54 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्