बिहीबार, असार ३२, २०८३

राष्ट्रिय टोलीबाट नखेल्ने मेस्सीको निर्णय 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
अर्जेन्टिना- बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन्। तर, उनको यो निर्णयले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको मान्न नसकिने बताएका छन्। 

अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टिभेजले मेस्सीको निर्णयबाट आफू आश्चर्यामा नपरेको बताएका छन्। उनका अनुसार मेस्सीले आरामका लागि यस्तो निर्णय गरेको हुन सक्ने बताएका छन्। 

मेस्सीले सन् २०१६ मा चिलिसँग कोपा अमेरिका कप हारेपछि सन्यासको घोषणा गरेका थिए। त्यसैगरी २०१४ को विश्वकप पछि पनि उनले सन्यासको घोषणा गरे। तर अर्जेन्टिनाका समर्थकको व्यापक दबाब पछि उनी पुनः टिममा फर्किएका हुन्।
 
अर्जेन्टिना बाट १२८ खेल खेल्दै ६५ गोल गरेका मेस्सीको प्रदर्शन रुस विश्वकपमा सम्झन लायक थिएन्। जहाँ उनले ४ खेलमा जम्मा १ गोल गरेका थिए। शिर्ष १६ मा पुगेको अर्जेन्टिना फ्रान्ससँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो। अर्को महिना ग्वाँटेमाला र कोलम्बियामा हुने मैत्रीपूर्ण खेलमा भने मेस्सी खेल्ने छैनन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।