मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पारसले लगाउने गरेको जर्सी नम्बर क्यानले कुनै खेलाडीलाई नदिने

पारसले लगाउने गरेको जर्सी नम्बर क्यानले कुनै खेलाडीलाई नदिने

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काको खेल जीवन र उनले दिएको योगदानलाई कदर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी नम्बर ७७ अब प्रयोग नगर्ने बताएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काको खेल जीवन र उनले दिएको योगदानलाई कदर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी नम्बर ७७ अब प्रयोग नगर्ने बताएको छ।

National life

क्यानले आज आइतबार सूचना जारी गर्दै पारसले लगाउने गरेको जर्सी नम्बर ७७ प्रयोगबाट बाहिर राख्ने जनाएको हो।

‘पारस खड्काको योगदानको सम्मानस्वरुप क्यानले ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने भएको छ,’ क्यानले  जारी गरेको सूचनामा लेखिएको छ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान खड्काले राष्ट्रिय टिमबाट ७७ नम्बरको जर्सी लगाउने गर्थे। उनको कप्तानीमा नेपाली क्रिकेट डिभिजन फाइभबाट एक दिवसीय राष्ट्रका रुपमा स्थापित भएको छ।

उनले राष्ट्रिय टिमबाट नेपालका लागि निकै लामो र नतिजामुखी योगदान दिएका छन्। उनकै कप्तानीमा नेपालले २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकप पनि खेलेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 08, 2021| 15:16 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।