जर्मनी- जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबल जीवनबाट सन्यास लिने घोषणा बकवास भएको उनका सहकर्मी टोनी क्रोसले बताएका छन्।
जर्मनी तथा रियल मड्रिडका मिडफिल्डर टोनिले पछिल्लो महिना ओजिलले राष्ट्रिय टोलीबाट सन्यास लिने कुरा बकवास रहेको बताएका हुन्। २९ बर्षीय आर्सनल मिडफिल्डर ओजिल रुस विश्वकपमा समूह चरणबाट बाहिरिदा अपमानित भएका दिए। टोनीले ओजिल टिमका लागि एक योग्य र महत्वपुर्ण खेलाडी भएको बताए। तर, जुन तरिकाले उनले सन्यासको घोषणा गरे, त्यो कसैको दबाब नभएको समेत टोनीले बताए।
ओजिलले मे मा टर्कीका राष्ट्रपति टायीप एर्डोगनसँग खिचेको फोटोबाट आलोचित भएका थिए। त्यसपछि जर्मनी रुस विश्वकपमा समूह चरणबाट बाहिरिदा झनै आलोचनाका सिकार बने। किनकी ओजिल विश्वकपमा जर्मनीका लागि सबै भन्दा जिम्मेवार खेलाडी थिए। उनले सन्यास घोषणा गर्दा बताएका थिए, ‘जब हामी प्रतियोगिता जित्छौ, हामी जर्मन हुन्छौ । तर, जब प्रतियोगिता हार्छौ, हामी आप्रवासि हुन्छौ ।’
ओजिलले जर्मन फुटबल एशोसियसनलाई समेत बताएका थिए की उनी प्रतियोगितामा प्रयास गर्दा गर्दै चुकेका थिए। टोनीले भने, ‘उनको बयानमा जुन कुराको सही तरिकाले सम्बोधन भएको थियो। त्यो भन्दा बढी उनी बकवासले प्रभावित भए।’ उनले थपे, ‘मलाई लाग्छ उनी राम्रोसँग जान्दछन् की राष्ट्रिय टिम भित्र जातिय विभेद र जर्मन फुटबल एशोसियसनको दबाब थिएन।’
ओजिलले राष्ट्रिय टिमका लागि ९२ खेल खेलेका थिए। जहाँ उनले २०१४ को विश्वकप जित्दा महत्वपुर्ण भुमिका खेलेका थिए। उनलाई पाँच पटक समर्थकबाट राष्ट्रिय खेलाडीबा लागि भोट दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४