मंगलबार, चैत ३, २०८२

सोमबार थपिए ४१ कोरोना संक्रमित

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ।

National life

मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २० जना निको भएका छन्। हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये २०२ जना होम आइसोलेसन, ६ जना संस्थागत आइसोलेसन र ३ जना आईसीयूमा छन्।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ।

प्रकाशित: Jun 27, 2022| 16:41 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्