बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फिफा वरीयताको शीर्ष स्थानमा फ्रान्स, नेपाल १६१ औं स्थानमा यथावत

फिफा वरीयताको शीर्ष स्थानमा फ्रान्स, नेपाल १६१ औं स्थानमा यथावत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप विजेता फ्रान्स फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा फ्रान्स ६ स्थान माथि उक्लिदै शीर्ष स्थानमा उक्लिएको हो।

त्यस्तै विश्वकपको उपविजेता क्रोएसिया १६ स्थान माथि उक्लदै वरीयताको चौथो स्थानमा उक्लिएको छ। बेल्जियम एक स्थान सुधार गदै दोस्रो स्थानमा उक्लदा ब्राजिल एक स्थान तल झर्दै तेस्रो स्थानमा झरेको छ। उरुग्वे ९ स्थान सुधार गर्दै पाँचौ तथा इंग्ल्यान्ड ६ स्थान सुधार गर्दै पाँचौ र छैटौ स्थानमा उक्लिएको छ। पोर्चुगल तीन स्थान तल झरेर सातौ तथा, स्वीट्जरल्यान्ड दुई स्थान तल झरेर आठौं स्थानमा झरेको छ।

स्पेन एक स्थान सुधार गर्दै नवौ तथा डेनमार्क तीन स्थान सुधार गरेर वरीयताको शीर्ष १० भित्र अटाएका छन् । अर्जे्न्टिना, चिली, स्वीडेन, कोलम्विया र जर्मनी शीर्ष १५ मा अटाएका छन्।

नेपाल वरीयतामा १६१ औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियामा भारत ९६ औं स्थानसहित शीर्षस्थानमा रहँदा अफगानिस्ता १४५ औं स्थानसहित दक्षिण एसियामा दोस्रो स्थानमा छ । माल्दिभ्स १५० औ, भुटान १८४ औं, बंगलादेश १९४ औं, श्रीलंका २०० औं र पाकिस्तान २०१ औं स्थानमा रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।