शुक्रबार, जेठ १, २०८३

सनराइज बैंकले दियो बर्दिबासका ५० विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

सनराइज बैंकले महोत्तरीको बर्दिबासका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

National life

काठमाडौं–  सनराइज बैंकले महोत्तरीको बर्दिबासका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ५० जनालाई शैक्षिक सामग्री वितरण गरेको हो।

कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो। बैंकको मधेश प्रदेश प्रमुख दीपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्गबहादुर सिंहले संयुक्त रुपमा सामग्री वितरण गरेका हुन्। बैंकले विद्यार्थीहरुलाई विद्यालय जान प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्यले कार्यक्रम गरेको जनाएको छ। 


प्रकाशित: Jun 27, 2022| 12:49 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्