सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • खेट्टी मल्लकोे मृत्यु हृदयघातबाट, भिसेरा रिपोर्ट पर्खंदै प्रहरी

खेट्टी मल्लकोे मृत्यु हृदयघातबाट, भिसेरा रिपोर्ट पर्खंदै प्रहरी

बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब प्रहरीले परीक्षणका लागि काठमाडौं पठाएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब प्रहरीले परीक्षणका लागि काठमाडौं पठाएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडा घर भएकी ३६ वर्षीया खेट्टी मल्ल साउन ८ गते बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा मृत फेला परेकी थिइन्।

मल्लको मृत्यु कसरी भयो भन्ने पुष्टि गर्नका लागि भेजाइनल स्वाब र भिसेरा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। 

‘मल्लको मृत्युको कारण पत्ता लगाउन भेजाइनल स्वाब, मुटु, कलेजो, फोक्सोको टुक्रा तथा भिसेरा परीक्षणका लागि काठमाडौं पठाएका छौं,’ उनले भने, ‘स्वाब र भिसेराकोे रिपोर्टपछि मात्रैै मृत्युकोे कारण खुल्छ।’

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको पोष्टमार्टम रिपोर्टअनुसार मल्लको मृत्यु हृदयघातका कारण भएको हो। मल्ल मृत फेला परेको ल्वाथलीमा उनकोे झोला र छाता फेला परेको थियोे भने शरीरमा कुनै पनि घाउचोट थिएन।

‘प्राथमिक स्वास्थ्य केन्द्रले हृदयघातका कारण मृत्यु भएको पुष्टि गरे पनि मृतकसँग त्यस दिन सम्पर्कमा आएकाहरुको कल डिटेल अध्ययन गरिरहेका छौ, हाम्रो अनुसन्धान जारी छ। थप कुरा खुल्छ कि भनेरै स्वाब काठमाडौं पठाएका हौं,’ शाहीले भने। साउन ७ गते खेट्टी मल्ल बैतडीको मेलौली–५ शेरा माइत जान भनी हिँडेकी थिइन्।

kumari

प्रकाशित: Aug 08, 2021| 15:12 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।