बिहीबार, असार ३२, २०८३

रियललार्इ हराउँदै एट्लेटिकोले जित्यो सुपर कपको उपाधी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- एट्लेटिको मड्रिड युइएफए सुपर कप च्याम्पियन बनेको छ । शहरी  प्रतिद्धन्द्धी रियल मड्रिडलाई अतिरिक्त समयमा ४-२ ले पराजित गर्दै एट्लेटिको मड्रिड युइएफए सुपर कप च्याम्पियन बनेको हो ।

२७ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । पहिले हाफमा १-१ को बराबरी भएको खेलको ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यस्तै एट्लेटिकोका लागि ७९ औं मिनेटमा एन्जल कोरेरको पासमा कोस्टाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि निर्धारित समयमा दुबै टोलिबाट कुनै थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको खेलमा एट्लेटिको मड्रिड खेलमा हावी हुदै दुई गोल गर्न सफल भयो । अतिरिक्त समयको खेलको ९८ औं मिनेटमा साउल निग्वेजले गोल गर्दै एट्लेटि कोलाई ३–२ को अग्रता दिलाए । त्यस्तै १०४ औं मिनेटमा कोकीले गोल गर्दै टिमलाई ४–२ को जित दिलाए ।

यससँगै एट्लेटिकोलाई तेस्रोपटक युइएफए सुपर कप जित्न सफल भयो । एट्लेटिकोले यसअघि २०१० र २०१२ मा युइएफए सुपर कपको उपाधि जितेको थियो भने रियलले २००२, २०१४, २०१६ र २०१७ गरि चारपटक युइएफए सुपर कपको उपाघि जितेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।