मंगलबार, चैत ३, २०८२

'ह्याकथन' आयोजना गर्दै बीपी प्रतिष्ठान

ह्याकथन फर हेल्थ केयर नामक उक्त कार्यक्रमका लागि स्थानीय स्तरमा देखिएका स्वास्थ्य सेवासम्बन्धी समस्या सरोकारवालाबाटै आह्वान गरिएको छ।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका सरल तर सामान नभइरहेका समस्याको समाधान खोज्ने उद्देश्यले ह्याकथन कार्यक्रम आयोजना गर्ने भएको छ।

National life

ह्याकथन फर हेल्थ केयर नामक उक्त कार्यक्रमका लागि स्थानीय स्तरमा देखिएका स्वास्थ्य सेवासम्बन्धी समस्या सरोकारवालाबाटै आह्वान गरिएको छ। कार्यक्रमको वेबसाइटमार्फत आगामी जुलाई पहिलो सातासम्म जोकोहीले ह्याकथनका लागि चुनौती पेस गर्न सक्नेछन्।

यसका लागि सरोकारवालाले समस्याको प्रकृति तथा त्यसको सम्भावित समाधान खुलाउनुपर्नेछ।

कार्यक्रम आयोजकका अनुसार प्राप्त चुनौतीको अध्ययन गरी अन्तिम सूची प्रकाशन गरिनेछ। त्यसपछि उक्त समस्याको निराकरण ह्याकथनमार्फत सार्वजनिक रूपमा उपाय खोजिनेछ।

कार्यक्रममा स्वास्थ्यकर्मी, नीति निर्माता, व्यवसायी, कन्सल्ट्यान्ट, सफ्टवेयर डेभलपर, मेडिकल तथा इन्जिनियरिङ पढिरहेका विद्यार्थी जोकसैले सहभागिता जनाउन सक्नेछन्। कार्यक्रम आगामी जुलाई ३० र ३१ मा काठमाडौंमा सञ्चालन हुनेछ।

Laxmi sunrise bank
kumari

ई–हेल्थ तथा टेलिमेडिसिनमार्फत आयोजना हुन लागेको कार्यक्रम आयोजकका अनुसार सहभागीलाई संयुक्त राष्ट्रसंघअन्तर्गत तालिम तथा अनुसन्धान प्रतिष्ठानमार्फत ह्याकथनसम्बन्धी एक दिने अनलाइन बुट क्याम्प आयोजना गरिनेछ।

यसबाट ह्याकथनको प्रकृति, प्रक्रिया आदिबारे सहभागीलाई थप प्रस्ट हुने मौका मिल्नेछ। 

प्रकाशित: Jun 25, 2022| 16:10 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्