बिहीबार, असार ३२, २०८३

अन्तिम मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सानदार जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रि-सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले अन्तिम मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्समाथि ३-० को अन्तरले जित हात पारेको हो ।

बार्सिलोनाको जितमा माल्कोम, कप्तान लियोनेल मेस्सी र राफिन्हाले गोल गरे । घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले खेलको १८ औं मिनेटमा अग्रता लिएको थियो । 

१८ औं मिनेटमा यसै सिजन बार्सिलोनामा अनुबन्धित भएका माल्कोमको गोल मार्फत बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो । ३९ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० ले अघि बढेको थियो । त्यसपछि दोस्रो हाफमा एक मात्र गोल हुनसक्यो ।

६७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए । स्पेनिस ला लिगा १८ अगस्टबाट शुरु हुदैछ । बार्सिलोनाले १९ अगस्टमा घरेलु मैदानमा अलाभेससँग खेल्दै ला लिगाको शुरुवात गर्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।