काठमाडौं- भारतका पूर्व क्रिकेट कप्तान तथा प्रशिक्षक अजीत वाडेकरको निधन भएको छ। ७७ वर्षीय वाडेकरको मुम्बईस्थित जसलोक अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको हो ।
उनी लामो समयदेखि विभिन्न रोगको शिकार भएका थिए । पछिल्लो उनको छाति र पेटमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी सफल भारतीय कप्तानमध्येका एक मानिन्छन् ।
वाडेकरको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । यस्तै भारतीय क्रिकेट टिमका वर्तमान प्रशिक्षक तथा पूर्व क्रिकेटर रवि शास्त्रीले शोक व्यक्त गर्दै वाडेकरको निधन भारतीय क्रिकेटका लागि दुःखद रहेको उनले बताएका छन् ।
सन् १९६६ मा वेष्ट इन्डिज विरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेका वाडेकरले कुल ३७ टेस्ट क्रिकेटमा २००० भन्दा धेरै रन बनाएका थिए । भारतीय टिमले इंग्ल्याण्डलाई उसकै मैदानमा पहिलोपटक सन् १९७१ मा हराएको बेला वाडेकर टिमका कप्तान थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४