बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ​​​​​​​क्रोएसियाका गोलकिपर डानिजेलद्धारा अन्तर्राष्ट्रिय खेलबाट सन्यास

​​​​​​​क्रोएसियाका गोलकिपर डानिजेलद्धारा अन्तर्राष्ट्रिय खेलबाट सन्यास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
क्रोएसिया- क्रोएसियाका गोलकिपर डानिजेल सुवासिकले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। रुस विश्वकपमा क्रोएसियालाई फाइनल सम्म पुर्‍याउन महत्वपुर्ण भुमिका खेलेका डानिजेलले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन्। 

मोनाकोका गोलकिपर डानिजेलले क्रोएसिया राष्ट्रिय फुटबल टिममा नौं बर्ष बिताए। यसअघि क्रोएसियाका मारिओ मान्डुज्की र भेड्रान कोर्लुकाले अन्तराष्ट्रिय खेल जिवनबाट सन्यास लिएका थिए। 

३३ बर्षीय डानिजेलले रुस विश्वकप खेल्नु पुर्व नै राष्ट्रिय खेल जिवनबाट सन्यास लिने मनसाय बनाएको खुलासा गरेका छन्। विश्वकप फाइनलमा फ्रान्ससँग भिड्नका लागि डानिजेलले महत्वपुर्ण भुमिका खेलेका थिए। उनले नकआउट चरणमा डेनमार्क र रुससँग पेनाल्टी सुटआउटमा महत्वपुर्ण पेनाल्टी बचाउ गर्दै आफ्नो टिमलाई फाइनल पुर्‍याएका थिए।

क्रोएसियाका लागि ४४ खेल खेलेका उनले राम्रो फममा रहदा रहदै सन्यासको घोषणा गरे। उनले १० बर्ष पछि आफ्नो मन परेको जर्सीबाट सन्यास लिने समय आएको बताएका छन्। उनले भने, ‘मैले विश्पकप भन्दा पहिले फैसला गरेको थिए  किनकी विश्वकप खेल्ने मेरो सपना थियो।’ उनले थपे, ‘हामी सबैले कहिले सम्म खेल्न सक्छौ ? यो सोच्ने बिषय हो। 

खेल्यौं भनेपनि अन्तिम एक अभियान सक्थे। तर, त्यो पनि धेरै हुने छ। त्यसैले म आफ्ना साथीलाई मौका दिन चाहन्छु। जो आफ्नो अवसरको पर्खाइमा छन् र जो क्राएसियाका भविष्य हुन्।’ आफ्नो मन परेको जर्सी लगाउन पाएकोले आफु दुनियाको सबै भन्दा खुशी व्याक्ती भएको समेत डानिजेलले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।