मंगलबार, चैत ३, २०८२

शक्तिबहादुर बस्नेतको प्रश्न- आधारभूत स्वास्थ्य सेवा भनेको के हो?

'संवैधानिक व्यवस्थामा आधारभूत स्वास्थ्य सेवा निशुल्क भनिएको छ। तर, आधारभूत स्वास्थ्य सेवा भनेको के हो? स्पष्ट छैन। आधारभूत स्वास्थ्य सेवा बिमामा समावेश हुनुपर्ने विषय होइन,' उनले भने, 'स्वास्थ्य/शिक्षा मौलिक हुन्, यसबारेमा स्पष्ट बोल्नुपर्छ। १२ कक्षासँग निशुल्क शिक्षा दिनुपर्छ। यसतर्फ ध्यान पुर्‍याइयोस्।'
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- प्रतनिधि सभा सांसद शक्तिबहादुर बस्नेले आधारभूत स्वास्थ्य सेवाको परिभाषा नै प्रष्ट नभएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका सांसद बस्नेतले यस्तो बताएका हुन्।

National life

'संवैधानिक व्यवस्थामा आधारभूत स्वास्थ्य सेवा निशुल्क भनिएको छ। तर, आधारभूत स्वास्थ्य सेवा भनेको के हो? स्पष्ट छैन। आधारभूत स्वास्थ्य सेवा बिमामा समावेश हुनुपर्ने विषय होइन,' उनले भने, 'स्वास्थ्य/शिक्षा मौलिक हुन्, यसबारेमा स्पष्ट बोल्नुपर्छ। १२ कक्षासँग निशुल्क शिक्षा दिनुपर्छ। यसतर्फ ध्यान पुर्‍याइयोस्।'

मौलिक हक कार्यान्वन गर्न पनि कठिनाइ भएको उनको भनाइ छ। 'नेपालको संविधान १६ देखि ४६ सम्म मौलिक हकको व्यवस्था गरिएको छ। मौलिक हकको रुपमा व्यवस्था गरिएका व्यवस्थालाई कानूनीरुप दिनुपर्ने हो। कानून निर्माण गर्नुपर्ने थियो,' उनले थपे, 'केही नेपाल ऐन संशोधन गरी मौलिक हक कार्यान्वयन गर्ने भनियो। तर, त्यसको कार्यान्वयनमा कठिनाइ आइरहेको छ।'  स्पष्ट कानूनी व्यवस्थाको अभावमा लक्षित समुदायले संवैधानिक व्यवस्थाको उपभोग गर्न नपाएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए। 

छुवाछुत अन्त्य र दलित हकको कार्यान्वयन गर्न एकीकृत कानुन आवश्यक भएको उनको भनाइ छ। तत्काल मौलिक हकसँग सम्बन्धित विषयहरुको कार्यान्वयन गर्न ध्यान पुर्याउन उनको आग्रह छ। 

प्रकाशित: Jun 23, 2022| 14:34 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्