बिहीबार, भदौ ४, २०८३

नुहाउन गएका पुरुष पोखरीमा मृत फेला

मोरङको सुनवर्षी नगरपालिका–९ स्थित पोखरीमा नुहाउन गएका एक पुरुष पानीभित्र डुबिरहेको अवस्थामा मृत फेला परेका छन्।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

विराटनगर– मोरङको सुनवर्षी नगरपालिका–९ स्थित पोखरीमा नुहाउन गएका एक पुरुष पानीभित्र डुबिरहेको अवस्थामा मृत फेला परेका छन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार, सुनवर्षी–९ का ४५ वर्षीय पतला सहनीलाई पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो। सहनी शनिबार दिउँसो १२ बजेतिर नुहाउनका लागि घरबाट निस्किएर पोखरीमा पुगेको पाइएको उनको भनाइ छ।

धनकुमार सिंहको पोखरीमा नुहाउन भनेर गएका सहनीको पोखरीमै डुबेर मृत्यु भएको अवस्थामा साँझतिर शव भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 08, 2021| 14:20 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।