बिहीबार, चैत १२, २०८२

एक्सपर्ट एजुकेशनको ब्राण्ड एम्बेसडरमा पारस नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्। 

राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्का एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा ३ वर्षका लागि नियुक्त भएका हुन्। उनलाई मंगलबार एक कार्यक्रमको आयोजना गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो।

सम्झौतापत्रमा सर्भिसेजका सिईओ सन्जिब शर्मा र कप्तान पारसले हस्ताक्षर गरे पनि ब्राण्ड एम्बेसडरबापतको रकम भने खुलाईएको छैन। 

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएको र घरेलु प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको कारण पारसलाई ब्राण्ड एम्बेसडरका लागि चयन गरेको एक्सपर्टले जनाएको छ। एक्सपर्टले विगत ३ बर्षदेखि नेपाली क्रिकेटको उत्थान र विकासका लागि स्कुल प्रिमियर लिग र कलेज प्रिमियर लिग गर्दै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।