शनिबार, साउन १२, २०८१

कस्तो होला रविले घोषणा गरेको दल?

आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएर केही दिन अघिमात्रै सञ्चार कर्म छाडेका उनले मंगलबार दल घोषणा गरेका हुन्।दल घोषणासभालाई सम्बोधन गर्दै उनले अहिलेका राजनीतिक दलहरुबाट आशा मरिसकेकाले नयाँ दल घोषणा गर्नुपरेको बताए।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन्। मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्ने घोषणा गरेका छन्। 

triton college

आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएर केही दिन अघिमात्रै सञ्चार कर्म छाडेका उनले मंगलबार दल घोषणा गरेका हुन्।दल घोषणासभालाई सम्बोधन गर्दै उनले अहिलेका राजनीतिक दलहरुबाट आशा मरिसकेकाले नयाँ दल घोषणा गर्नुपरेको बताए। 

‘मैले टेलिभिजनमा दलहरुलाई सुध्रन, सप्रन भनेर कराएँ, तर दलहरु सप्रिएनन्। मेरो आवाज चर्को थियो तर तपाईंहरुले कहिलै झर्को मान्नु भएन। दलहरु कहिलै सुध्रेनन्, सुध्रेनन् मात्रै होइन, जनमत गुमाउँदा समेत गठबन्धन गरेर सत्ता सञ्चालन गरिरहे,’ उनले भने, ‘विश्वास गर्नुस् मैले जति मान्छे रोएको कसैले देखेकै छैन। अब उहाँहरुबाट केही हुँदैन। यहाँ कति हिलो र धुलो छ मलाई थाहा छ। सफा गर्न जाँदा म केही समय हिलोमा डुबेकै जस्तो देखिन सक्छु। तर, उस्तै नठान्नुहोला।’ 

उनले प्रश्न सोध्ने ठाउँबाट उत्तर दिने गाह्रो ठाउँमा आइपुगेको बताए। ‘फेसबुकको लाइकलाई भोटमा कन्भर्ट गर्न सहज छैन। प्रश्न सोध्ने सजिलो काम छोडेर उत्तर दिने गाह्रो काममा आइपुगेको छु। तर यो गाह्रो काम म सहजै फत्ते गर्न सक्छु,’ उनले भने।  

व्यवस्था परिवर्तन नभएर अवस्था बदल्न आफू राजनीतिमा होमिएको उनले बताए। दलहरुसँग कुराकानी गरे पनि अहिलेका दलबाट अपेक्षा नै नभएकाले धन्यवाद भन्ने अवस्थामा पुगेको उनको भनाइ छ। ‘म यहाँ अवस्था परिवर्तन गर्न आएको छु। मलाई कुनै व्यवस्था बदल्नु छैन, तपाईंहरुको अवस्था बदल्न आएको हुँ। राजनीतिक दलहरुसँग कुराकानी नगरेको होइन तर दलहरुलाई हेर्दा धन्यवाद भन्नुबाहेक अर्को विकल्प रहेन। मलाई प्रचण्ड, शेरबहादुर, केपी ओलीजीसँग केही प्रश्न छैन। जनयुद्धका योद्धा, मधेश आन्दोलनका योद्धासँग मेरो कुनै प्रश्न छैन। सबै राजनीतिक दलहरुसँग मेरो केही न केही कुरा भएको थियो। म आजका मितिसम्म नेपालमा दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिनँ,’ उनले भने। 

Metro Mart
vianet
आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएर केही दिन अघिमात्रै सञ्चार कर्म छाडेका उनले मंगलबार दल घोषणा गरेका हुन्।दल घोषणासभालाई सम्बोधन गर्दै उनले अहिलेका राजनीतिक दलहरुबाट आशा मरिसकेकाले नयाँ दल घोषणा गर्नुपरेको बताए। 

उनले प्रत्येक राजनीतिक दलभित्र राम्रा मान्छे भएको र तिनीहरुको सम्मान गर्न आफू नचुक्ने बताए। तर, ती राम्रा मान्छेहरुले हिम्मत गर्न नसकेको उनको भनाइ छ। ‘अब जसको भिजन उसैको सरकार हुनेछ। उमेर पुगेपछि वृद्ध भत्तामात्रै पाइन्छ, सत्ता पाइँदैन। म स्वतन्त्र उम्मेदवारका रुपमा उठ्न यहाँ आएको छु तर एउटा मान्छेको प्रयासले फरक नपार्ने होइन,’ उनले भने, ‘नयाँ ढंगले नयाँ राजनीतिक पार्टीलाई लिएर नजाने हो भने पुराना दलहरुको दलदलभित्र फस्ने छ। म नेपाली जनताले भनेजस्तो दल लिएर जानेछु।’

उनले पार्टी सञ्चालनका लागि उद्योगी–व्यापारीसँग कहिलै चन्दा नलिने घोषणा गरेका छन्। व्यापारिक घरानाको चन्दाबाट होइन, सर्वसधारणबाट चन्दा संकलन गरेर पार्टी चलाउने योजना उनले सुनाएका छन्। यस्तै, उनले निर्वाचनमा उठ्न चाहने विकासको मोडल र सुशासनको मोडल देखाएन भने भोट नहाल्न आग्रह गरे।

आफूलाई झापा, डडेल्धुरा र चितवनबाट चुनाव लड्न मन लागेको उनले सुनाए। तर, सबैको सुझाव अनुसार निर्वाचन क्षेत्र छान्ने उनको भनाइ छ। ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ। झापा, डडेल्धुरा र चितवनबाट चुनाव लड्न मन छ। म डराएको पनि होइन। तर, सबैको सुझाव अनुसार अघि बढ्छु,’ उनले भने, ‘हामीलाई हार्ने सुविधा छैन। एकजनालाई संसद छिर्नबाट म रोक्छु। बेथितिको यो मेन स्विचलाई अफ गरिदिउँ।’

यस्ता छन् रविको पार्टीका विशेषता 

१) प्रारम्भिक निर्वाचन गरेर सदस्यता लिएको मानिसको भोट नलिई कोही नेता पाउनेछैन। पार्टीको सदस्यता लिएकाहरुबाट चुनिएर मात्रै टिकट पाउनेछैन।

२) पार्टीभित्रको सबै संरचनामा ५० प्लस १ प्रतिशत युवा अनिवार्य हुनेछ।

३) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुनेछ। यदि मैले प्रधानमन्त्री हुन चाहेको हो भने साधारण सदस्यहरुले जिताएको मान्छे मात्र प्रधानमन्त्री हुनेछ। दलभित्र प्रधानमन्त्री बनेर जितेर जाने मान्छेले मन्त्री घोषणा गरेर जान सक्नेछ। मेरो मन्त्रीमण्डलमा को–को हुनेछन् भनेर जान पाउनेछन्।

४) राइट टु रिकल, राइट टु रिजेक्ट। चुनेर पठाएको मान्छेबाट राम्रो काम भएन भने कठालो समातेर फिर्ता लिएर आउने व्यवस्था गरका छौं।  

५) डिजिटल डेमोक्रेसीको अभ्यास। डिजिटली भोट हाल्न पाइनेछ। 

६) परिवारवादलाई पूर्ण रुपमा निषेध। केन्द्रीय समितिमा कुनै पनि नतागोतालाई नियुक्त गरिनेछैन। नातागोतालाई सरकारी नियुक्ति दिइँदैन।  

७) कार्यकर्ता भन्ने युगलाई समाप्त पारिदिऔं। कार्यकर्ता हुन पर्दैन, सदस्य मात्रै हुने हो। कुनै भातृसंस्था छैन, हुँदैन।

प्रकाशित: Jun 21, 2022| 14:50 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...