सोमबार, असार ८, २०८३

सरकारले प्रतिपक्षीसँग संवाद नै गरेन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षीसँग संवादहीनताको अवस्थामा रहेको बताएका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षीसँग संवादहीनताको अवस्थामा रहेको बताएका छन्।

National life

अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि पहिलोपटक शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षीसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुर्‍याएको दाबी गरे। 

प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरूद्ध जाने खालका प्रजातन्त्रमा हुँदै नहुने गतिविधिहरूमा सरकार संलग्न भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरूबीच राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने अवस्थामा सरकारले त्यसो नगरिरहेको अध्यक्ष ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तर्राष्ट्रिय मञ्चहरूमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षीसँग, विज्ञहरूसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको आरोप लगाए। अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताए। 

ओली मंगलबार मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै थिए।

Shivam cement

प्रकाशित: Jun 21, 2022| 13:20 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...