सोमबार, असार ८, २०८३

छिमेक सम्बन्धमा कार्ड खेल्दा नेपाल फस्न सक्छ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले परराष्ट्र मामिलामा कार्ड खेल्न नहुने बताएका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले परराष्ट्र मामिलामा कार्ड खेल्न नहुने बताएका छन्। 

National life

मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धमा कार्ड खेल्दा नेपाल फस्ने बताए।

छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्दै पृथ्वीनारायण शाहले भनेझैं दुई ढुंगाबीचको तरुलका रूपमा नै नेपाल रहिरहने उनको भनाइ थियो। ओलीले भने, ‘छिमेक सम्बन्धमा हामीले कार्ड खेल्न सक्दैनौं। छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्न सक्दैनौं। छिमेकीसँग भित्री साँठगाँठ गर्ने र बाहिर अर्कै कुरा गर्ने हो भने हामी फस्छौं।’

छिमेकी देशसँग रहेका मतभेदहरू कुराकानीबाट सुल्झाउनुपर्ने पनि ओलीले बताए। कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादसम्बन्धी समस्या खुलस्त छलफलबाटै समाधान गरिनुपर्ने पनि उनले बताए।

फरक प्रसंगमा ओलीले राजनीतिक आन्दोलनमा हिंसाको औचित्य पुष्टि नहुने बताए। कानुनी र शान्तिपूर्ण रूपमा नै आन्दोलनलाई अगाडि बढाउन सक्ने बाटो हुँदाहुँदै हिंसा रोज्नु गलत भएको उनको भनाइ छ।

Shivam cement

राणा शासन र निरंकुश राजतन्त्रविरुद्ध गरिएका आन्दोलनमा हिंसा जायज भए पनि त्यसपछि भएका आन्दोलनमा भएका हिंसाको औचित्य पुष्टि नभएको ओलीले तर्क गरे। विशेषगरी १० वर्षे माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमाथि प्रश्न उठाउँदै ओलीले थपे, ‘राणा शासनका विरुद्ध र निरंकुश राजतन्त्र र पञ्चायती शासनविरुद्ध फोर्सफुल्ली ब्यारियर खडा गरिएकाले शान्तिपूर्ण र संवैधानिक तवरले आन्दोलन सम्भव थिएन। त्यसपछि भएका हिंसात्मक आन्दोलनको भने औचित्य न्यायोचित रूपमा पुष्टि हुन सकेको छैन।’

‘त्यो हिंसा गणतन्त्रका लागि थियो भने गणतन्त्र आउनुपूर्व नै २०६३ मा टुंगियो। गणतन्त्रका लागि थियो भन्ने हो भने कसैले पनि यो मितिमा गणतन्त्र दिन्छु त भनेको थिएन। त्यसैले त्यो कसका लागि थियो र कोबाट प्रेरित थियो भन्ने अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन,’ माओवादी युद्धप्रति इंगित गर्दै ओलीले भने।

प्रकाशित: Jun 21, 2022| 12:50 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...