बिहीबार, चैत १२, २०८२

कार्लोस र मेस्सी आमनेसामन्ने हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर कार्लोस टेभेज र उनका पूर्व सहकर्मी बार्सिलोनाका लियोन मेस्सी आमनेसामने हुने भएका छन् । टेभेजको टोली बोका जुनियर्सले बुधबार जोआन ग्याम्पर ट्रफीमा बार्सिलोनाको सामना गर्ने भएको हो ।

मेस्सी र टेभेजले अर्जेन्टिनाका लागि लामो समयसँगै खेलेका थिए । टेभेज सन् २००६ र २०१० विश्व कपमा अर्जेन्टिना फुटबल टोलीका सदस्य थिए । ३४ वर्षे टेभेज मेस्सीसँगको भेटका लागि आतुर छन् । ‘मेस्सीविरुद्ध खेल्न सधै आनन्द लाग्छ । उनीसँग खेल्दा पनि खुसी लाथ्यो,’ उनले भने, ‘अहिले फेरि एकपटक उनीसँग खेल्ने मौका मिलेको छ । साच्चै खुसी लागेको छ ।’

टेभेजले आफ्नो खेल जीवनको महत्वपूर्ण समय वेस्ट ह्याम युनाइटेड तथा म्यानचेस्टर क्लबहरु युनाइटेड र सिटीमा विताएका थिए । उनले खेल जीवनमा तीन पटक प्रिमियर लिग, एकपटक एफए कप र एकपटक च्याम्पियन्स लिग उपाधि जितेका थिए । उनले इटालियन क्लब युभेन्ट्सबाट पनि खेले । जहाँ उनी दुई पटक सिरिए र एक पटक कोपा इटालिया जिते ।

२०११ अघि सात वर्ष अर्जेन्टिनाका लागि ७६ खेल खेल्दै टेभेजले १३ गोल गरेका थिए । २०१५ यता अर्जेन्टिनाको फुटबल टोलीमा पर्न नसकेका टेभेजको अन्तर्राष्ट्रिय खेल जीवन भने लगभग विश्रामको अवस्थामा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।