मंगलबार, साउन २६, २०८३

राजदूत शर्मा र भारतीय सेना प्रमुखबीच भेटवार्ता

भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित सैनिक मुख्यालयमा भएको भेटका क्रममा द्विपक्षीय रक्षा साझेदारीका विषयमा कुराकानी भएको बताइएको छ।

भेटमा राजदूत शर्माले नेपाललाई निरन्तर सहयोग गरेकोमा भारतीय सेनालाई धन्यवाद दिएका थिए। भारतीय स्थल सेनाको सूचना निर्देशनालयले पनि भेटमा द्विपक्षीय रक्षा सहयोगका विविध पक्षमा चर्चा भएको उल्लेख गरेको छ।  


प्रकाशित: Jun 21, 2022| 11:35 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...