सोमबार, असार ८, २०८३

प्रवासी नेपालीको मताधिकारका लागि कांग्रेस महामन्त्रीद्वयको पहल

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन पहल गरेका छन्। यसका लागि उनीहरुले यसबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने भएका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन पहल गरेका छन्। यसका लागि उनीहरुले यसबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने भएका छन्।

महामन्त्रीद्वयले आज आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन्। विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए। महामन्त्रीद्वयले यस विषयमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराएका थिए।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ। तर आयोगले विदेशमा भएका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी नेपालीलाई मतदान गर्ने पाउने गरी प्रबन्ध मिलाउनुपर्ने भन्दै महामन्त्री थापा र शर्माले पहल थालेका छन्।

प्रकाशित: Jun 21, 2022| 08:53 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...