बिहीबार, भदौ ४, २०८३

बिजुली पुग्दा खुशीयाली

विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौंपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

डोटी- विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौंपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ। वर्षौँपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा  अहिले त्यहाँका बासिन्दा खुशी छन्। 

वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले भने, ‘सल्लाको दियालो र टुकीको भरमा गुजारा चलाउँदै आएका यहाँका बासिन्दालाई निकै सास्ती थियो, ठूलो मेहेनतले बत्ती पुर्‍यायौँ, अहिले  सबै खुशी छन्।’

दुर्गम क्षेत्रका रूपमा रहेका ती वडामा हिजोसम्म बिजुली बत्ती नभएका कारण स्कूले केटाकेटीलाई पढ्न निकै गाह्रो हुँदै आएकामा अब समस्या समाधान भएको  गणेशकाडा निवासी तेजबहादुर मगरले बताए। दुबै स्थानमा शनिबार एकैसाथ बिजुली बत्ती बालिएको विद्युत् विस्तारको जिम्मा पाएका निर्माण व्यवसायी तेजबहादुर बोहराले बताए। उनले भने, ‘अब सबै वडामा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ।’

जिल्लाका नौवटै स्थानीय तहका प्रतेक वडामा विद्युत् विस्तार गर्ने रणनीतिअनुसार काम अगाडि बढिरहेको दिपायलस्थित विद्युत् कार्यालयका प्रमुख कौशलदेव जोशीले जानकारी दिए। ‘कम्तीमा पनि हामी २५/३० घरधुरीले टुकी र सोलार बत्तीको मद्दतले उज्यालोको निर्वाह गर्दै आएका थियौँ’, अर्का स्थानीयवासी केशव बमले भने, ‘हाम्रा गाउँठाउँमा बिजुली बत्ती आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस गरेका छौँ, बिजुली नहुँदाको  दुःख अन्त भए ।’ 

बिजुलीको अभावमा  टेलिभिजन हेर्न एकादेशको कथाजस्तै भएको तथा मोबाइल चार्ज गर्न पनि गाउँपालिकाको सदरमुकाम वाइल जानुपर्ने बाध्यता अब हटेको अर्का स्थानीयवासी शेरबहादुर ऐरले बताए।  रासस

प्रकाशित: Aug 08, 2021| 14:00 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।