मंगलबार, साउन २६, २०८३

काठमाडौंको मेयर बन्न कति खर्च गरे बालेनले?

'हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ। जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो,' उनको फेसबुक स्टाटसमा लेखिएको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- काठमाडौं महानगरको मेयर बन्नका लागि बालेन्द्र शाहले ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन्। सोमबार साँझ फेसबुकमा स्टाटस लेख्दै बालेनले खर्चको विवरण सार्वजनिक गरेका हुन्। 

'हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ। जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो,' उनको फेसबुक स्टाटसमा लेखिएको छ। 

मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै नबनाएर उम्मेदवारका लागि महँगो भएको भन्दै उनले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्। 

यसअघि सोमबार मात्रै नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले बालेनले रुटिन अफ नेपाल बन्दलाई कतिमा हायर गरेको भन्दै प्रश्न उठाएकी थिइन्। तर सामाजिक सञ्जालमा बुस्ट गर्ने लगायतका काममा आफ्नो कुनै पनि खर्च नभएको मेयर शाहको विवरणमा उल्लेख गरिएको छ। 

यस्तो छ विवरण

प्रकाशित: Jun 20, 2022| 21:17 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...