मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विवादास्पद एसपीपी सधैंका लागि अस्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

विवादास्पद एसपीपी सधैंका लागि अस्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

'एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई जानकारी गराउने निर्णय भएको छ,' बैठकमा सहभागी एक मन्त्रीले भने। 

नेपाली सेनाले अमेरिकी सेनासँग सहकार्य गर्ने विषय एसपीपीमा उल्लेख छ। उक्त सम्झौताका लागि तयार गरिएको भनिएको प्रस्तावको मस्यौदामा नेपालको भूभाग अमेरिकी सेनालाई अभ्यासका लागि उपलब्ध गराउने उल्लेख थियो।  

उक्त सम्झौताको प्रस्ताव सार्वजनिक भएपछि देउवा नेतृत्वको सरकारको आलोचना भएको थियो। पछि केपी शर्मा ओलीका पालामा नेपाली सेनाले पठाउको पत्र सार्वजनिक भएपछि ओलीको पनि आलोचना भएको थियो। 

उक्त सम्झौतामा अघि नबढ्ने भनेर अमेरिकालाई पत्र पठाउन सांसदहरूले माग गर्दै आएका थिए। 

यस्तै मन्त्रिपरिषद् बैठकले विदेशी कूटनीतिक नियोगलाई गरिने सबै पत्राचार अब परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णयसमेत गरेको छ। यसअघि नेपाली सेनाले एसपीपीका लागि नेपालस्थित अमेरिकी दूतावासलाई पठाएको पत्र विवादमा तानिएको थियो। 

प्रकाशित: Jun 20, 2022| 19:33 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...