सोमबार, असार ८, २०८३

माओवादीले मन्त्री फेर्ने प्रस्ताव गरेको छैन : देव गुरुङ

मन्त्रिपरिषद्को पुनर्गठन प्रधानमन्त्री र दलका नेताहरुको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भन्न भने नसकिने उल्लेख गरे। अनिवार्य रुपमा मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने आवश्यकता पनि नभएको प्रमुख सचेतक गुरुङको भनाइ थियो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन्। सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरु परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्ट पारेका हुन्। 

National life

मन्त्रिपरिषद्को पुनर्गठन प्रधानमन्त्री र दलका नेताहरुको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भन्न भने नसकिने उल्लेख गरे। अनिवार्य रुपमा मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने आवश्यकता पनि नभएको प्रमुख सचेतक गुरुङको भनाइ थियो। 

‘मन्त्रिपरिषद्को गठन, पुर्नगठन भन्ने कुरा प्रधानमन्त्रीको अनुभुतिको आधारमा हुने कुरा हो। दलका नेताहरुको अनुभुतिको आधारमा हुने कुरा हो कति परिवर्तन गर्ने, नगर्ने भन्ने कुरा उहाँहरुले बिचार गर्ने विषय हो। त्यसकारणले गर्दाखेरी निरपेक्ष रुपमा पुर्नगठन हुनै सक्दैन पनि भन्न सकिँदैन,' नेता गुरुङले भने, 'अनिवार्य रुपले हुनैपर्छ भन्ने विषय पनि होइन। के गर्दाखेरी सहज ढंगले चलाउन सकिन्छ त्यो ढंगले लचकतामा सोच्ने विषय हो। पार्टीको तर्फबाट अहिले प्रस्ताव गरेकै छैन नि। हामीले यो प्रस्ताव गरेको विषय होइन।’

उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आएर बोल्नु राम्रो हुने धारणासमेत राखे। 

प्रकाशित: Jun 20, 2022| 19:20 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...