मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौंमा चुनाव लड्न स्वतन्त्र उम्मेदवारले बनाए 'स्वतन्त्र सञ्जाल', यी हुन् टुंगिएका उम्मेदवार

काठमाडौंमा चुनाव लड्न स्वतन्त्र उम्मेदवारले बनाए 'स्वतन्त्र सञ्जाल', यी हुन् टुंगिएका उम्मेदवार

स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको भन्दै उनीहरूले काठमाडौंमा केही स्थानमा स्वतन्त्र उम्मेदवारको टुंगोसमेत लगाएका छन्। लामिछानेले काठमाडौं-३ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- काठमाडौं जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा चुनाव लड्ने घोषणा गरेका स्वतन्त्र उम्मेदवारले स्वतन्त्र सञ्जाल बनाएका छन्। पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेको सक्रियतामा सञ्जाल बनेको हो। 

स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको भन्दै उनीहरूले काठमाडौंमा केही स्थानमा स्वतन्त्र उम्मेदवारको टुंगोसमेत लगाएका छन्। लामिछानेले काठमाडौं-३ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

लामिछानेका भाइ रविले पनि राजनीतिमा लागेर चुनाव लड्ने भन्दै टेलिभिजनको जागिर छाडेको घोषणा गरेका छन्। उनी पनि स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ। यद्यपि उनले मंगलबार आफ्नो चुनावी अभियानबारे घोषणा गर्ने तयारी गरेका छन्। रवि हरिशरणका भाइ हुन्। 

सञ्जालका अनुसार काठमाडौं-१ मा पुकार बम, काठमाडौं-५ मा रञ्जु दर्शना, काठमाडौं-८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्ने सहमति भएको उल्लेख छ। विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्ने उनले जानकारी दिएका छन्।

सञ्जालले असार १७ र १८ गते राष्ट्रिय भेला बोलाएको छ। उक्त भेलाले अन्य स्थानका स्वतन्त्र उम्मदेवारबीच सहमति जुटाउने बताइएको छ। 

प्रकाशित: Jun 20, 2022| 15:08 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...