सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसका दुई महामन्त्रीले देउवालाई भेटेर भने– एसपीपीको च्याप्टर क्लोज गरौं

कांग्रेसका दुई महामन्त्रीले देउवालाई भेटेर भने– एसपीपीको च्याप्टर क्लोज गरौं

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। 

National life

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति समेत रहेका देउवालाई भेटेर महामन्त्रीद्वयले यस्तो आग्रह गरेका हुन्। एसपीपीमा नेपाल आवद्ध हुन नसक्ने भनी अमेरिकालाई पत्राचार गर्न महामन्त्रीद्वयले देउवालाई आग्रह गरेका थिए। 

‘एसपीपीको च्याप्टर क्लोज गर्ने हिसाबले सरकारले पत्रचार गरोस् भने सुझाव दिएका छौं,’ महान्त्री शर्माले भने। अमेरिकी सेनाको एसपीपी कार्यक्रमका कारण नेपालमा विवाद भइरहेको छ। प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको चर्चा भइरहँदा एसपीपीले विवाद निम्त्याएको छ। तर, परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीमा नेपाल सहभागी नहुने प्रतिवद्धता जनाएका छन्। सत्ता गठबन्धनको बैठकमा समेत देउवाले एसपीपीमा नेपाल आवद्ध नहुने बताएका थिए। 

महामन्त्रीद्वयले देउवासँग नीति महाधिवेशन, भातृ संस्थामा तदर्थ समिति गठन, केन्द्रीय समितिको बैठक लगायत विषयमा समेत छलफल गरेका छन्।

प्रकाशित: Jun 20, 2022| 14:17 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...