मंगलबार, साउन २६, २०८३

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इन्धनमा भएको भारी मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इन्धनमा भएको भारी मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसबारे सरकारको जवाफ नआएसम्म सदन अवरुद्ध गर्ने बताएपछि सभामुखले रुलिङ गराएका हुन्। 

बैठक सुरु हुनेबित्तिकै नेकपा एमालेकी सांसद पद्मा अर्यालले जे नहोस् भनेको आज त्यही भइरहेको भन्दै इन्धनको मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गरेकी थिइन्।

उनले भनिन्, ‘सरकार कानमा तेल हालेर बसेको छ। बिहान एउटा समचार पढियो। समाचार पढ्दै गर्दा जिब्रो टोक्ने अवस्था बन्यो। इन्धनको भारी मात्रामा मूल्यवृद्धि भएको छ। गएको स्थानीय निर्वाचनयता चार पटक मूल्यवृद्धि गरेको छ सरकारले।’ 

नेकपा एमालेको तर्फबाट सदनमा मूल्य वृद्धि नियन्त्रण गर्ने सन्दर्भमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको बताउँदै उनले सरकारप्रति भरोसा गर्ने ठाउँ नरहेको बताइन्। उनले भनिन्, ‘भरोसा टुटेको छ, आशा मरेको छ। जनताप्रति संवेदनशील बन्नुपर्ने हो सरकार तर मूल्यवृद्धिले जनताको ढाड सेकिएको छ।’

उनले थपिन्, ‘सरकारले जनतालाई आहत दिने काम गरिरहेको छ। छोटो समयमा ठूलो मूल्यवृद्धि गर्नुपर्ने कारण के आइआग्यो हामी जवाफ चाहान्छौं। के बाध्यता आइलाग्यो, किन बढाइयो। चित्तबुझ्दो जवाफ नआउँदासम्म एमालेले सदन चल्न दिँदैन। आज नै जवाफ दिन मन्त्रीलाई रुलिङ गर्न माग गर्दछौं। जवाफ पाएपछि मात्रै संसदको कारबाही अघि बढ्न सक्छ।’

सभामुखको रुलिङसँगै बैठक सुचारु भएको छ।

प्रकाशित: Jun 20, 2022| 13:33 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...