काठमाडौं- कमल थापा नेतृत्वको राप्रपा नेपालको कोषाध्यक्षमा ज्ञानेन्द्र कार्कीलाई नियुक्त गरिएको छ। अध्यक्ष थापाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य कार्कीलाई कोषाध्यक्षमा नियुक्त गरेका हुन्।
त्यसैगरी केन्द्रीय सदस्य नरप्रसाद थापालाई सहमहामन्त्री र केन्द्रीय सदस्य विक्रम वमलाई प्रवक्ता पदमा मनोनित गरेको प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए।