शनिबार, मंसिर ६, २०८२

राखेपका अवकास प्राप्त कर्मचारीको विदाई

राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफूमातहतका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफूमातहतका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ।

National life

विभागका निर्देशक अर्जुन विक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्कालगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा लगाएर विदाई गरेका हुन्।

यस्तै विभागका अन्य वरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक एवं कर्मचारीहरुले पनि अवकास प्राप्त गरेकाहरुलाई टिका तथा खादा लगाएर विदाई गरे। कार्यक्रममा बोल्दै विभागका निर्देशक एवं कार्यक्रमका प्रमुख अतिथी बि.क.ले अवकास प्राप्त प्रशिक्षकलाई सरकारी नियमका कारण उमेर हदले अवकास प्राप्त भएको भन्दै राज्यका लागि उनीहरुको विज्ञता र ज्ञानको अझै आवश्यकता रहेको बताए।

अवकास पाउनेहरुमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), वरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), वरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराते) रहेका छन्।


प्रकाशित: Jun 19, 2022| 18:29 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।