मंगलबार, साउन २६, २०८३

काठमाडौं महानगरले स्थानीय रक्सीको प्रवर्द्धन गर्ने

काठमाडौं महानगरपालिकाले नेवार जातिको परम्परागत मदिराको प्रवद्र्धन गर्ने भएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाले नेवार जातिको परम्परागत मदिराको प्रवद्र्धन गर्ने भएको छ। महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाहले आज नगर सभामा  महानगरको आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम पेश गर्दै उक्त घोषणा गरेका हुन्।

त्यसैगरी महानगरले खुलामञ्चमा भूमिगत पार्किङको सम्भाव्यता खोजिने नीति लिएको छ। 

‘काठमाडौं महानगरपालिका वडा नम्बर ११ खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङको सम्भाव्यता अध्ययन गरिनेछ,’ नीतिमा उल्लेख छ।

महानगरभित्र पार्किङ क्षेत्रको पहिचान गर्न अध्ययन टोली गठन गर्ने समेत नीति लिइएको छ। महानगरमा चल्ने सबै सवारी साधनलाई जिपीएस ट्र्याकिङ गर्ने र सार्वजनिक सवारीमा विद्युतीय माध्यमबाट भाडा तिर्न सकिने व्यवस्था गर्ने समेत नीति लिइने मेयर शाहको भनाइ छ। 

सबै सार्वजनिक यातायातलाई एउटै छातामुनि सञ्चालन गर्न पहल र फुटपाथमा पसल राख्न निषेध गर्ने नीति समेत लिइने मेयर शाहले उल्लेख गरे। 


प्रकाशित: Jun 19, 2022| 17:20 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...