शनिबार, मंसिर ६, २०८२

दक्षिण एसियन कुमुतेमा १२ स्वर्णसहित नेपाल च्याम्पियन

भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ।

National life

नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराए।

नेपाली टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते भारततर्फ प्रस्थान गरेको थियो। स्वर्ण जित्न सफल नेपाली खेलाडीहरुमा बर्षा केसी (१३ बर्ष), झरना केसी (१४ बर्ष), सुरोज राजबाहक (१५ बर्ष), एन्जीला राई (१६ बर्ष), शाहिल घले (१६ बर्ष), सर्मिला वाईवा (१७ बर्ष), पुष्पका लामा (४५ केजी), बर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ्ग (६८ केजी माथि) रहेका छन्।

यसैगरि नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाएका हुन्। यस्तै रुपक श्रेष्ठ (१७ बर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजी मुनि)ले रजत पदक प्राप्त गरेका छन्। सुरेन्द्र तामाङ (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले नेपालका लागि कास्य पदक प्राप्त गर्न सफल भए।

प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक ब्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 19, 2022| 16:51 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।