काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पादकहरूसँग छलफल गरे। छलफलका क्रममा पत्रकारहरूले उठाएका विभिन्न प्रश्नहरूको सामना अध्यक्ष नेपालले गरेका थिए। यसैक्रममा उनलाई चुनावमा नेकपा एसले पाएको उपलब्धिलाई कसरी लिएको छ भन्नेबारे प्रश्न सामना गर्ने क्रममा उनले गठबन्धन गर्दा कहीँ न कहीँ त्रुटी भएको बताए।
'वास्तवमा स्थानीय निर्वाचनमा कहीँ न कहीँ त्रुटी चाहिँ भएकै छ,' अध्यक्ष नेपालले भने, 'यद्यपि विगतको त्रुटीकै कारण आगामी दिनमा पनि नकारात्मक हुनुपर्ने कारण छैन।' नेकपा एस मात्रै नयाँ बनेको दल भएकाले कारणले गर्दा विगतको चुनावबाट मूल्यांकन गर्ने अवस्था नभएको उनको भनाइ छ। 'विद्रोहको पक्षमा उभिएका जनप्रतिनिधिहरूलाई साथ जनताको रहन्छ भन्ने सुन्नमा आएको थियो। मेरो कानमा पनि परेको थियो। तर बेलामा काम नहुँदा हामीलाई सोचेजस्तो परिणाम आएन। हामीलाई समयमै समर्थन भएन,' उनले भने, 'प्रत्येक जिल्लामा यति सिट नेकपा एसलाई दिने र वार्डमा पनि आधार बनाउने कुरा उठनाउँदा पनि त्यो कुरा भएन। महानगर र उपमहानगरमा केन्द्रमा छलफल गरी उम्मेदवार उठाउने भनियो। बाँकीमा प्रदेश र जिल्लालाई छोड्ने भनियो। यो नै ठूलो घातक रहेछ।'
स्थानीय तहमा उम्मेदवार चयन गर्न गाह्रो भएको उनको भनाइ छ। सबै कुरा मिलाउनु चुनौतीपूर्ण भएको र त्यस क्रममा नै केही कमजोरी भएको उनको स्वीकारोक्ति छ।
स्थानीय तहमा उम्मेदवार मिलाउन आफूहरूलाई हम्मे परेको उनको भनाइ छ। 'हाम्रो कमजोरी के भयो भने सुरुदेखि पार्टी निर्माण गर्ने र शक्तिको आधारमा चुनाव लड्ने कुरा गरेको भए हामीले धेरै स्थानमा चुनाव जित्न सक्थ्यौँ। केही तहमा हाम्रो शक्तिलाई बेवास्ता गरेको कुरामा कमजोरी भएको स्वीकार गरिएको पनि पाइन्छ,' नेपालले भने।
उनले जिससमा सकारात्मक परिणाम आएको उल्लेख गरे। आगामी दिनमा पनि तालमेलका विषयमा निर्णय गर्न ढिला गर्न नहुने उनको भनाइ छ। 'तालमेलका विषयमा छलफल अब सुरु हुनेछ। छिटो होस् भन्ने कुरामा ताकेता छ। अरु दलले पनि त्यसै भनिरहनु भएको छ। विगतमा केही त्रुटी भएपनि भोलिका लागि पनि नकारात्मक हुनुपर्ने कारण छैन,' उनले भने।
आगामी दिनमा पनि तालमेलका विषयमा निर्णय गर्न ढिला गर्न नहुने उनको भनाइ छ। 'तालमेलका विषयमा छलफल अब सुरु हुनेछ। छिटो होस् भन्ने कुरामा ताकेता छ। अरु दलले पनि त्यसै भनिरहनु भएको छ। विगतमा केही त्रुटी भएपनि भोलिका लागि पनि नकारात्मक हुनुपर्ने कारण छैन,' उनले भने।
संसदीय व्यवस्थामा विचारका आधारमा दलहरू नजिक वा टाढा हुने उनले उल्लखे गरे। राजतन्त्र र पञ्चायतविरुद्धको आन्दोलनमा केही दल मिलेको र केही दल टाढिएको भन्दै उनले अहिले पनि संसद विघटनलाई ठिक र बेठिक भन्नेहरू पक्षविपक्षमा लागेको उनको भनाइ छ। एमालेले कहीँ कतै पनि गलत भएको अनुभूति नगरेको उनको टिप्पणी छ। 'विचार मिल्नेहरू नै एकठाउँ उभिने हो,' उनले भने, 'देशभक्त र देशघाती एकैठाउँ हुन सक्दैनन्।'
प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति अब धेरै शंका गर्नुपर्ने अवस्था नगरेहको नेपालको भनाइ छ। 'प्रधानमन्त्रीले नेपालको हितमाथि आघात हुने कुनै पनि कागजमा म बाट सम्झौता हुने छैन भन्नु भएको छ। अब शंका गर्नुपर्ने ठाउँ छैन। तर जनतालाई जागरुक बनाइरहनुपर्छ। देशभक्ति वा लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई अघि बढाउने सवालमा सहमत भएर नै अघि बढ्ने कुरा गरेका छौँ,' नेपालले गठबन्धनका दलहरूबीच भएका छलफलबारे जानकारी गराए।
स्थानीय तह चुनवामा कांग्रेस र माओवादीले एमालेसँग तालमेल गरेका कारण केही पालिकामा आफ्नो दलले पनि एमालेसँग तालमेल गरेको उनको भनाइ छ। यद्यपि आफ्नो दलको केन्द्रीय नीति भने एमालेसँग तालमेल गर्ने नरहेको उनको भनाइ छ।