मंगलबार, साउन २६, २०८३

गठबन्धन बैठकबाट सदर भयो प्रधानमन्त्रीको अमेरिका भ्रमण

गठबन्धनको शीर्ष नेतृत्वले प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाँदा कुनै पनि सम्झौता नगर्ने सर्तनामा गराएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई सदर गरेको छ। प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाँदा कुनै सम्झौता नगर्ने सहमति पनि शीर्ष नेताहरूबीच जुटेको छ।

‘प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने तर कुनै सम्झौता र समझदारी नगर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एक नेताले भने।

अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाएको छ।

प्रधानमन्त्रीले उक्त सुझावलाई पालना नगरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन्।

बैठकमा नेकपा एकीकृत समाजवादीबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टी निर्णय कार्यान्वयन गर्ने विषय पनि उठेको थियो। बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरू क्रमशः शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, उपेन्द्र यादवलगायत सहभागी थिए।

प्रकाशित: Jun 19, 2022| 14:43 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...