इजिप्ट- इजिप्ट लिगमा खेल समर्थकहरुले अब खेल भइरहेको खेलमैदामा गएर खेल हेर्न पाउने भएको छ। २०१२ पछि दर्शकले पहिलो पटक मैदानमा गएर खेल हेर्न पाउने भएका हुन्।
अब सर्थकहरुले आफुले समर्थन गरेको टिम र खेलाडीलाई मैदानबाटै सपोर्ट गर्न सक्ने छन्। इजिप्टका खेल मन्त्री डा अशरफ सोभइले अब समर्थकले पनि खेल मैदानमै गएर खेल हेर्न पाउने अनुमती दिएका हुन्।
२०१२ मा खेलका दौरान करिब ७४ जना अल अहलीका समर्थकको मृत्यु भएका कारण समर्थकलाई फेब्रुअरी २०१२ पछि खेल भइरहेका बेला खेल मैदान जान बन्देज गरिएको थियो।
प्रतिबन्ध सेप्टेम्बर १ तारिखबाट फुकुवा हुने बताइएको छ। तर, शुरुवातमा ५ हजार भन्दा बढी समर्थकलाई मैदानमा प्रवेश गर्न अनुमति दिइने छैन्।
२०१२ पछि समर्थकको केहि संख्याले केही खेल हेर्न पाएका थिए। जहाँ अन्तराष्ट्रिय खेल तथा केही क्लब स्तरीय खेलमा मात्र सहभागी थिए। २०१५ को शुरुवातमा समर्थक खेल मैदान आउन थालेका थिए।
इजिप्टका खेल मन्त्री डा अशरफले पछिल्लो हप्ता इजिप्ट फुटबल एशोसियसन र क्लबका प्रतिनिधिसँग सम्झौताका लागि भेट गरेको खुलेको छ। अब मिनिस्ट्री अफ इन्टेरियरद्धारा सहमती मिल्ने आशा रहेको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४